Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


2023-04-23

मिर्मिरे र नेरुडे लघुवित्त मर्जर प्रस्ताव पारितको लागि विशेष साधारण सभा सम्पन्न

मिर्मिरे र नेरुडे लघुवित्त मर्जर प्रस्ताव पारितको लागि विशेष साधारण सभा सम्पन्न

काभ्रेको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले विशेष साधारण सभा सम्पन्न गरेको छ । आज बैशाख १० गते काभ्रेको धुलिखेल स्थित होटल सारथीमा संस्थाको विशेष साधारण सभा सम्पन्न भएको हो ।
संचालक समिति सदस्य सन्तोष फुयलले स्वागत मन्तव्य मार्फत स्वागत गरिएको सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ ।


त्यसै गरी एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त वित्तीय संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. कायम गरी सो नामबाट लघुवित्त कारोवार संचालन गर्ने तथा संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला वनेपा नगरपालिका वडा नं. १३ मा रहने तथा कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका वाहेक काठमाण्डौ उपत्यका भित्र रहने प्रस्तावसम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।
दुबै संस्थाको शेयर अनुपात क्रमशः १ः१ कायम गर्ने, एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने, चल÷अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त, लेखापरीक्षक÷मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमागाभ्ने÷गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही÷प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल सम्बन्धि प्रस्ताव समेत पारित गरेको छ ।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँजी संरचना परीर्वतन लगायतका सम्पूर्ण प्रस्ताबहरु पनि सर्वसम्मत रुपमा पारित भएका छन् ।

2022-07-31

अब्बल बन्दै बनाउँदै मिर्मिरे लघुवित्त

बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले सुदुर पश्चिम प्रादेशिक कार्यालयको संयोजनमा प्रदेश कार्यालय अन्तर्गतका २५ वटा शाखा प्रमुहखहरुलाई टिकापुर कैलाली स्थित होटल ग्रिन एशियामा कर्जा व्यवस्थापन तथा प्रभावकारी कार्य संचालन तालिम दिएको छ । आर्थिक वर्षको शुरुवातबाट नै संस्थाले गुणस्तरीय लघुवित्त कारोवारमा आफ्ना कर्मचारीहरुलाई दक्ष बनाउनको लागि तालिमको आयोजना गरिएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी, सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा, कर्जा तथा जोखिम विभाग प्रमुख वेद प्रसाद आचार्य, संस्थाका संचालक प्रवीण भट्टराई, जिल्ला मालपोत कार्यालय टिकापुरका अमिन लोकेन्द्र बहादुर बोहराले सहभागीहरुलाई सहजिकरण गर्नुभएको थियो ।


पछिल्लो समयमा लघुवित्त क्षेत्रमा बढ्दै गएको जोखिमसंगै दैनिक रुपमा कार्यसंचालनमा कर्मचारीहरुलाई समय समयमा अद्यावधिक गर्दै जानुपर्ने अवस्था भएकाले तत्कालै यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको संस्थाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि टेकबहादुर बोहराले जानकारी गराउनुभयो । संस्थाका कर्मचारीहरुले गरेको मिहिनेतले नै गत आर्थिक वर्षमा मिर्मिरेले राम्रो उपलब्धी हासिल गरेकोले यसको श्रेय कर्मचारीहरुलाई नै जाने र आन्तरिक रुपमा नै कर्मचारीहरुलाई अब्बल बनाउँदै लाने बनाउनुभयो ।
कार्यक्रममा संस्थाको सातै प्रदेशका प्रमुख एवं उप प्रमुखहरुले सहभागिहरुसंग आफ्नो अनुभव आदान प्रदान समेत गरेका थिए । सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भु श्रेष्ठले संचालन गरेको कार्यक्रमको उद्घाटन दिप प्रज्वलन सहित संस्थाका अध्यक्ष टेक बहादुर बोहराले गर्नुभएको थियो ।
संस्थाले टिकापुरमै भोली आइतबार प्रदेश प्रमुख तथा उप–प्रमुखहरु, कार्यकारी प्रमुखहरु, विभागीय प्रमुख सहित चालु आर्थिक वर्षको प्रभावकारी कार्यसंचालनको लागि रणनीतिक कार्ययोजनाहरु तयार गर्ने प्रयोजनका लागि कार्यशाला गोष्ठी संचालन गर्ने भएको छ ।
मिर्मिरे लघुवित्तले हालै प्रकाशित गरेको गत आ.व.को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार २० करोड ८१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ७९।७१ प्रतिशतले बृद्धि भई ४५ करोड १९ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ ।
खुद नाफामा सामान्य सुधार देखिएसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ ८८ पैसा पुगेको छ त्यस्तै, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५६ पैसा रहेको छ भने यस अवधिसम्म लुघवित्तको खराब कर्जा पनि घटेर १.६५ प्रतिशतमा झरेको छ । अघिल्लो आ.व.को उक्त अवधिसम्ममा लघुवित्तको खराब कर्जा १.९९ प्रतिशत रहेको थियो ।
साथै, यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ६७ करोड सापटी लिई २ अर्ब ७४ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन तथा ८ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

2022-07-16

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बिशेष साधारण शभा सम्पन्न

अषाढ ३१, शुक्रबार, धुलिखेल, काभ्रेपलान्चोक 

नेपालको लघुवित्त क्षेत्रको चिर-परिचित राष्ट्रिय स्तरको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बिशेष साधारण शभा आज धुलिखेलको होटल सारथिमा सम्पन्न भएको छ ।

पानसमा दिप प्रज्वलन गर्दै बिशेष साधारण शभाको उद्घाटन वित्तीय संस्थाका संचालक समिति अध्यक्ष एवम् बिशेष साधारण शभाका शभाध्यक्ष टेक बहादुर बोहराले गर्नुभयो । संस्थाका संचालक एवम् मर्जर एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा संयोजक फुयालले वित्तीय संस्थाले दुई आर्थिक बर्षको दौरान नागबेली र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको र यस पटक भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ती गर्ने प्रयोजनका लागी बोलाइएको बिशेष साधारण बोलाइएको बताउनु भयो  । यसैगरी संस्थाका संचालक  समिति अध्यक्ष टेक बहादुर बोहराले  बुद्दज्योति लघुवित्त वित्तीय संस्थालाई स्वाप रेशियो १:०.७६ मा प्राप्ति गर्न बिशेष प्रस्ताव पारित सभा समक्ष प्रस्ताव गर्नुभएकोमा शभाले सर्वसम्मत अनुमोदन गरेको छ । अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा बृद्दी गर्न सफल भएको बताउनु भयो । साथै यस कार्यमा प्रत्यक्ष-परोक्ष सहयोग तथा सुझाव दिनुहुने सम्पूर्ण सरोकार वालामा धन्यबाद ब्यक्त गरेका थिए ।शेयरधनीहरुको तर्फबाट मन्तब्य राख्दै संस्थाका शेयरधनी शिव प्रसाद पौडेलले संस्थाको उपलब्धिको प्रशंशा गर्दै बुद्द्ज्योती संगको एकीकृत कारोबारको लागी शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव पुष्कर राज जोशीले गरेका थिए । शभामा संस्थापक शेयरधनी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । प्राप्ति पश्चात् वित्तीय संस्थाको चुक्ता  पुंजी ५४ करोड १२ लाख पुग्ने संस्थाले जनाएको छ । २०७९ आषाढ ३०  को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलन तर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लाहरुमा १४८ वटा शाखा  संजाल मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ  ।

2022-03-27

प्रभातफेरी कार्यक्रम संगै मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रभातफेरी कार्यक्रम संगै मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनि विक कार्यक्रम अन्तर्गत विश्वव्यापी रुपमा वित्तीय साक्षरता जनचेतना कार्यक्रमहरु संचालन भइरहेकोमा काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज बनेपा नगरमा सबै प्रदेशमा कार्यक्रम गरिसकेर अन्तिम कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी कार्यक्रम समापन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एक साता सम्म चलेको वित्तीय साक्षरता सचेतना अभियान अन्तर्गत मिर्मिरेले अधिराज्यका आफ्ना सातै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता सचेतनाका कार्यक्रमहरु संचालन गरि करिब दुई हजार महिलालाई वित्तीय सचेतना सम्बन्धी तालिम प्रदान गरेको छ ।


संस्थाको आजको कार्यक्रममा बनेपा नगरपालिका बजारमा संस्थाका कर्मचारीहरु, संस्थाको सदस्यहरु तथा स्थानीयहरु वित्तीय सचेतना सन्देशका प्ले कार्डहरु सहित प्रभातफेरी गरेको थियो । बजार परिक्रमा पश्चात बनेपा पार्टी भेन्यूमा औपचारिक कार्यक्रम समेत गरेको हो । संस्थाको पहिलो शाखा बनेपा शाखाको संयोजनमा भएको कार्यक्रममा केन्द्र नं. ९२ शान्तीनगर मिर्मिरे महिला समूहका प्रमुख सुशिला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुखहरुले वित्तीय सचेतना सम्बन्धि विषयवस्तुहरुमा सहजिकरण गर्नुभएको थियो ।


कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा र नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, सफा नोट नीति लगायतका विषयहरुमा सहजिकरण गर्नुभएको हो ।
सहभागिहरुले वित्तीय सचेतना कार्यक्रमले फजुल खर्च कहाँ, किन कसरी भइरहेको छ भन्ने विषयमा स्पष्ट भएको र आफूहरुले जानेका कुराहरुलाई घर टोलमा समेत बताउने जानकारी दिएका थिए भने यस्तो कार्यक्रमहरुको निरन्तरता एवं संस्थाका सदस्यहरुलाई वित्तीय कारोवार संगै सीपमुलक कार्यक्रमहरुको माग गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले अधिराज्य भरी नै संस्थाले निरन्तर नियमित कार्यक्रमहरु गर्दै आएको र सदस्यहरुलाई पेशागत तालिम दिन सस्था अगाडी बढि रहेको र तालिम पश्चात उद्यमशिलता बिकास हुने कार्यक्रमको छनौट गरि माग अनुसारले कार्यक्रमहरु संचालन गरिंदै लैजाने बताउनुभयो ।
संस्थाका विभागिय प्रमुखहरुको समेतको उपस्थितिमा भएको कार्यक्रममा व्यवसाय प्रवद्र्धन तथा असुली विभागका प्रमुख बेद प्रकाश आचार्यले कार्यक्रमको उद्देश्य एवं वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए । उपस्थित अतिथि तथा सहभागिहरुलाई बनेपा शाखा कार्यालयका प्रमुख ललिता पौडेलले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रकको संचालन कर्जा बिभागका बिभागिय प्रमुख राजेश श्रेष्ठले गरेका थिए ।

2022-03-23

वित्तीय साक्षरता सप्ताहको दोश्रो दिन अधिराज्यका तीन स्थानमा मिर्मिरेको कार्यक्रम

वित्तीय साक्षरता सप्ताहको दोश्रो दिन अधिराज्यका तीन स्थानमा मिर्मिरेको कार्यक्रम

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साप्ताहिक वित्तीय साक्षरता सचेतना अभियानको दोश्रो दिन मंगलबार मधेश प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु कलैया र फेटाका सदस्य तथा स्थानीय वासिन्दाहरु सहित कलैयाको बजारमा वित्तीय जागरण सम्वन्धि प्लेकार्डहरु एवं श्रव्य सामाग्रीहरु सहित ¥यालीले वजार परिक्रमा गरेको छ । बजार परिक्रम पश्चात करणराज होटल एण्ड पार्टी प्यालेसमा केन्द्र प्रमुख राधिका देवी शाहको सभाध्यक्षतामा अन्तक्रिया कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले वित्तीय सचेतना अन्तर्गत वचतको महत्व, कर्जा परिचालन, बीमाको महत्व र आवश्यकता, सफा नोट निति लगायतको विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा वित्तीय सचेतना सम्बन्धि सन्देशमुलक भिडियोहरु समेत प्रदर्शन गरिएको थियो । शाखा कार्यालय कलैयाका कर्मचारी फणिन्द्र कुमार शाहले संचालन गरेको कार्यक्रममा मधेश प्रदेश उप प्रमुख षडेन्द्र प्रसाद त्रिखत्री, कलैया शाखाका प्रमुख बम बहादुर चौधरी, फेटा शाखाका प्रमुख कुलदिप सिंह साउद, खोपवा शाखाका प्रमुख विनोद कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।


त्यसै गरि प्रदेश नं. १ अन्तर्गत झापाको जुरोपानी शाखा अन्तर्गतका स्थानीयवासी एवं सदस्यहरु सहितको वित्तीय साक्षरता जनचेतना कार्यक्रम संचालन गरेको छ । प्रदेश प्रमुख सुरेश बहादुर खड्काले सहजिकरण गरेको कार्यक्रममा उप प्रमुखहरु किरण विष्ट जुरोपानी शाखा प्रमुख निता राई लगायतको उपस्थिती रहेको थियो ।
त्यसै गरी पश्चिीमी क्षेत्रमा मिर्मिरेको शिशै उप प्रादेशिक कार्यालय अन्तर्गतका बेलासपुर, धकधई र जहदा क्षेत्रलाई समेटेर वित्तीय साक्षरता सम्बन्धि जनचेतना कार्यक्रम संचालन गरिएको छ । शिशै उप प्रदेश प्रमुख मनोज वलीले सहजिकरण गरेको कार्यक्रममा सो क्षेत्रका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले यहि चैत्र ७ गते देखि १३ गते सम्म वित्तीय साक्षरता मार्गदर्शन,२०७८ कार्यक्रम संचालनको लागि मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन बमोजिम मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी कार्यक्रमहरु संचालन गरेको हो ।

2022-03-12

तेश्रो त्रैमासमा मिर्मिरेका सातसय कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम, विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै

काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बागमती प्रदेशको मातहतमा रहेका १३ वटा शाखाका शाखा कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन तालिम धुलिखेल स्थित हिमालय हाउस एण्ड रिसोर्टमा प्रदान गरेको छ । कर्मचारीहरुको दक्षता अभिबृद्धिको लागि तेश्रो त्रैमासमा सातै प्रदेशका विभिन्न स्थानहरुमा तालिम कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले शनिवार धुलिखेलमा कार्यक्रम गरेको हो ।


नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक भुवन बस्नेतले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा ६० जना कर्मचारीहरुलाई संस्थागत सुशासन, व्यवसाय प्रवद्र्धन, जोखिम नियन्त्रण एवं नीति निर्देशनहरुको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी, सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा, जनशक्ति विभाग प्रमुख लोमश भट्टराई, व्यवसाय प्रवद्र्धन विभाग प्रमुख वेद प्रकाश आचार्य, कर्जा विभाग प्रमुख राजेश श्रेष्ठ, आन्तरिक लेखा परीक्षण विभाग प्रमुख रविन रावत, बागमति प्रदेश प्रमुख तुल्सीराम पाठक लगायतको उपस्थिती रहेको थियो । तेश्रो त्रैमासमा संस्थामा कार्यरत सात सयको हाराहारीमा कर्मचारीहरुलाई तालिम दिइएको र बाँकी रहेको केही कर्मचारीहरुलाई पनि तालिम दिने योजना रहेको मानव संशाधन विभाग प्रमुख लोमश भट्टराईले जानकारी दिनुभयो ।
आजै मिर्मिरे लघुवित्त वित्तीय संस्थालेको प्रदेश नं. १ अन्तर्गत ताप्लेजुङको हाङपाङमा केन्द्र प्रमुख गोष्ठी एवं वित्तीय साक्षरता कार्यक्रम संचालन भएको छ । शाखा कार्यालय हाङपाङका शाखा प्रमुख अम्बर बहादुर रार्इ ले संचालन गरेको कार्यक्रममा केन्द्र अन्तर्गतका उत्कृष्ट केन्द्रहरुलाई पुरष्कृत समेत गरेको छ । केन्द्र नं. ११ का सदस्य गंगा देवी विष्ट चुडालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. १ प्रमुख सुरेश बहादुर खड्का, फिदिम क्लष्टर प्रमुख तिलक साउद लगायतले वित्तीय साक्षरता कार्यक्रममा सहजिकरण गरेका थिए । कार्यक्रममा यस आर्थिक वर्षमा लघुवित्त कारोवार गरेका केन्द्रहरुमा प्रथम रमाइलो मिर्मिरे समूह, द्धितीय लुङसुङबाङ्ग मिर्मिरे महिला समूह र तृतीय सप्तमी मिर्मिरे महिला समूह लाई प्रमाण पत्र तथा नगद सहित पुरस्कृत गरेको थियो । त्यसै गरी कार्यक्रममा उत्कृष्ट बचतकर्ता डोमा शेर्पा र उत्कृष्ट उद्यमी कल्पना कार्की चुहानलाई पनि पुरस्कृत गरेको थियो ।


संस्थाले यसै साता २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अछामको चौरपाटीमा र सुनसरीको इनरुवामा पनि वित्तीय साक्षरता एवं केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
मिर्मिरे लघुवित्तले भर्खरै रुपन्देही स्थित बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने समझदारी पत्रमा समेत हस्ताक्षर गरेको छ । संस्थाले १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । माघ मसान्त सम्ममा २ अर्ब ५० करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानीमा रहिरहेको संस्थाले जनाएको छ ।

 

2022-03-12

काभ्रेको मिर्मिरेले रुपन्देहीको बुद्धज्योतीलाई प्राप्ती गर्ने

काभ्रेपलाञ्चोकको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघ्वित्त वित्तीय संस्था लि.ले रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्था लि.लाई प्राप्ती गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


शुक्रबार काठमाण्डौंमा भएको एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाटअध्यक्ष गोविन्द पाण्डेयले समझदारी पत्रमा हस्ताक्षर गर्नभएको छ ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो ।
संस्था प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ भने २०७९ जेठ मसान्त सम्ममा एकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को माघ मसान्त सम्ममा अधिराज्यभरी ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले माघ मसान्त सम्ममा २ अर्ब ५० करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिनुभयो । सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उप प्रादेशिक कार्यालयहरुको संरचना सहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्त लाई प्राप्ती गरिसकेको छ ।

2022-03-09

दुर्गमका विद्यालयहरुलाई मिर्मिरेको आर्थिक तथा शैक्षिक सामाग्री सहयोग

दुर्गमका विद्यालयहरुलाई मिर्मिरेको आर्थिक तथा शैक्षिक सामाग्री सहयोग

बनेपा स्थित केन्द्रीय कर्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था को अछाम स्थित शाखा कार्यालय चौरपाटीबाट अछाम जिल्ला चौरपाटी गाउँपालीका वडा नं. १ सिउडी, बयालेमा रहेको दक्षिणकालिका आधारभुत विद्यालयमा सोमबार शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीहरुलाई झोला, कापी, कलम लगायत स्टेशनरी सामाग्रीहरु सहयोग गरेको हो । साथै सोहि कार्यक्रममा विद्यालयलाई नगद रु. ५० हजार पनि सहयोग गरेको छ । त्यसै गरि सोमबार नै अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं २ सोकट स्थित गौरिशंकर आधारभुत बिद्यालयमा कक्षा १ देखी ३ सम्मका ८६ जना बिद्यार्र्थीहरुलाई पनि झोला, कापी, कलम लगायत सामाग्रीहरु र बिद्यालयलाई नगद रु. १ लाख सहयोग गरेको छ ।
संस्थाको संस्थागत सामािजक उत्तर दायित्व कार्यक्रम अन्तरगत बिकट स्थानमा रहेका बिद्यालयमा अध्यनरत बाल बालबालिकाहरुलाई उत्प्रेरणा तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहरा तथा स्थानीय अगुवा समाजसेवी जय बहादुर साउदले उक्त सहयोग सामाग्रीहरु सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको हो ।
सो कार्यक्रममा विद्यार्थीहरु, अभिभावकहरु, स्थानीय बुद्धिजिवीहरु साथै संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, सुदुर पश्चिम प्रादेशिक कार्यालय प्रमुख स्वयम्भू श्रेष्ठ, अमरगढी उप प्रादेशिक कार्यालय प्रमुख तेज बहादुर खत्री र चौरपाटी शाखाका शाखा प्रबन्धक कटक बहादुर शाह लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

2022-02-26

मिर्मिरेले एकै दिन पुर्व र पश्चिममा कर्मचारीहरुको क्षमता बढाउन तालिम

मिर्मिरेले एकै दिन पुर्व र पश्चिममा कर्मचारीहरुको क्षमता बढाउन तालिम

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिको अभियानलाई तिव्रता दिएको छ । शनिवार संस्थाले पुर्वको फिदिम र पश्चिमको कोहलपुरमा कर्मचारीहरुलाई कार्य संचालन तथा जोखिम व्यवस्थापन तालिम दिएको छ । प्रदेश नं. १ अन्तर्गत फिदिम क्लस्टरका ९ वटा शाखाका २४ जना कर्मचारीहरुलाई पाँचथरको फिदिम स्थित अजिमा होटलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी तथा सूचना प्रविधि विभागका मनिष श्रेष्ठले सहजिकरण गरेका थिए भने कार्यक्रम संचालन क्लष्टर प्रमुख तिलक साउदले गरेका थिए ।


त्यसै गरि कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश अन्तर्गतका ४० जना कर्मचारीहरुलाई कोहलपुरको होटल अतिथिमा चार्टड एकाण्न्टेन्ट यशोधन पाण्डे तथा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले सहजिकरण गरेका थिए ।


सिए पाण्डेले कार्य संचालन तथा अनुपालनाको विषयमा सहजिकरण गरेका थिए भने सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले कर्जा जोखिम व्यवस्थापन र क्षमता अभिबृद्धि सम्बन्धि सहजिकरण गरेका थिए । कार्यक्रम संचालन कर्णाली प्रदेश प्रमुख तर्क बहादुर रावलले गरेका थिए भने सहभागी तथा सहजकर्ताहरुलाई सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।
दुबै कार्यक्रममा क्लष्टर प्रमुखहरु तिलक साउद, मनोज ओली र भिम साउदले मातहतका शाखा कार्यालयहरुको अवस्था तथा भावी योजनाको बारेमा प्रस्तुतीकरण समेत गरेका थिए ।
संस्थाले निरन्तर कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गरिरहेको छ । बनेपा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप प्रादेशिक संरचनामा आफूलाई ढालिसकेको छ । सातै प्रदेशमा संस्थाले प्रादेशिक प्रमुखहरु तथा क्लष्टर प्रमुखहरुको व्यवस्था गरी अनुगमन एवं कर्मचारीहरुको सिकाई पक्षलाई मजबुत बनाउँदै लगिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बताउनुभयो ।

2022-02-13

सुदुर पश्चिमको डडेल्धुरामा कर्मचारीको क्षमता र सीप बढाउँदै मिर्मिरे

सुदुर पश्चिमको डडेल्धुरामा कर्मचारीको क्षमता र सीप बढाउँदै मिर्मिरे


काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तेश्रो त्रैमासमा आफ्ना कर्मचारहिरुको क्षमता तथा सीप बृद्धिको लागि विभिन्न तालिमहरु संचालन गरिरहेको छ । शनिवार संस्थाले सुदुर पश्चिम प्रदेशको अमरगढी उपप्रादेशिक कार्यालय मातहतका शाखाका कर्मचारीहरुलाई एक दिने क्षमता अभिबृद्धि तालिम डडेल्धुरा स्थित होटल राइनोमा सम्पन्न गरेको छ ।


सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठ र अमरगढी उप प्रादेशिक कार्यालय प्रमुख तेज बहादर खत्रीले सहजिकरण गरेको उक्त तालिममा हालको वित्तीय बजारमा रहेको समस्याहरुको बारेमा जानकारी गराउँदै यस्तो समयमा व्यवस्थित शाखा संचालनका उपायहरु, गुणस्तरीय कर्जा तथा केन्द्र व्यवस्थापन लगायतको विषयमा तालिम दिइएको हो ।
शाखा प्रमुख र लेखापालहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा शाखाहरुको अर्धवार्षिक समिक्षा संगै नयाँ कार्ययोजना समेत बनाएको उप प्रादेशिक कार्यालय अमरगढी प्रमुख तेज बहादुर खत्रीले जानकारी गराए ।
संस्थाले यस अघि मधेश प्रदेशमा र प्रदेश नं. १ मा पनि कर्मचारीहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिसकेको छ । कर्मचारीहरु दक्ष र सक्षम भएमा मात्र संस्था बलियो हुने भएकोले संस्थाले कर्मचारीहरुको वृत्ती विकासलाई पहिलो प्रथमिकतामा राखि नियमित यस्ता कार्यक्रमहरु संचालन गरिरहने जनाएको छ ।

2022-02-02

निरन्तर कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्दै मिर्मिरे

निरन्तर कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्दै मिर्मिरे

बनेपा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश मातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई कलैया स्थित होटल करणराज प्यालेसमा व्यवसाय प्रवद्र्धन तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । संस्थाको मधेश प्रदेश प्रमुख राम किशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी र कजाृ विभाग प्रमुख राजेश श्रेष्ठले सहभागिहरुलाई सहजिकरण गरेको हो । तालिममा कर्मचारीहरुलाई व्यवसाय प्रवद्र्धनका सिकाईहरु, लघुवित्तको मुल मर्म, कर्जा विश्लेषण र जोखिम व्यवस्थापन, गुणस्तरीय धितो कर्जा लगानी प्रक्रिया लगायतका सिकाईहरु गरिएको हो ।


आर्थिक वर्षको शुरुबाट नै कर्मचारीहरुको क्षमता र दक्षता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गर्दै आएको संस्थाले राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप प्रादेशिक संरचनामा समेत कार्य थालनी गरिसकेको छ । संस्थाले त्रैमासिक रिपोर्टको समिक्षा गर्दै कर्मचारीहरुसंग साक्षात्कार सहित समस्याहरुको सुनवाई को लागि यस्तो कार्यक्रमहरु गरिएको र निरन्तर वेबिनार मार्फत पनि कार्यक्रमहरु भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताउनु भयो ।
संस्थाको दोश्रो त्रैमाससम्ममा ८अर्ब ८६ करोड लगानी गरेको छ भने सदस्यहरुबाट २ अर्ब ६२ करोड बचत संकलन गरेको छ । दोश्रो त्रैमासमा संस्थाले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ करोड १६ लाख रुपैंया नाफा गरेको छ भने प्रति शेयर आम्दानी ५५।९१ रुपैंया रहेको छ ।

2021-11-19

आगलागी पिडितलाई मिर्मिरेको राहत

आगलागी पिडितलाई मिर्मिरेको राहत

मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. को सुनसरी जिल्ला बराह क्षेत्र नगपालिका स्थित प्रकाशपुर शाखामा आवद्ध रहि लघुवित्त कारोवार गरेका सदस्य प्रकाश बहरदारलाई संस्थाले राहत उपलब्ध गराएको छ । बुधवार दिउँसो घरमा सोलार प्यानलको बिजुली सर्किट सट भई आगलागी भएको थियो । आगलागीमा निजको घर पुरै जलेर नष्ट भएको हो । प्रहरी चौकी मधुवनले उठाएको मुचुल्कामा उक्त घटनामा नगद, गहना, अन्नपात तथा लुगाफाटो सहित करिब १० लाख बराबरको क्षती भएको जनाएको छ । घरमा कोहि नभएको अवस्थामा मानवीय क्षती हुन नपाएको र दमकल ल्याएर मात्र आगो नीयन्त्रणमा लिन सकिएको प्रकाश बहरदारबा बुवा सिताराम बहरदारले जानकारी दिए ।


बैदेशिक रोजगारीको लागि प्रक्रिया हुँदै गरेको र म्यानपावर कम्पनीले बोलाएको हुँदा नगद घरमा नै राखेको अवस्थामा नगद सबै जलेर काम नलाग्ने भएको र केहि टुक्राहरु बाँकी भएको परिवारले जनाएको छ ।
मिर्मिरे लघुवित्तले घटनाको जानकारी पाउनासाथ तत्कालै निज परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा लगायत सामाग्री राहत स्वरुप पिडित परिवारलाई राहत उपलब्ध गराएको हो ।
पिडित बहरदारको घरमा क्षेत्रीय प्रमुख राजेश श्रेष्ठ, ब्ल स्टेशन प्रमुख षडेन्द्र प्रसाद त्रिखत्री, प्रकाशपुर शाखा प्रमुख चन्द्र प्रकाश शाह तथा फिल्ड कर्मचारीहरु पुगरेर राहत वितरण गरेको हो ।

 

2021-10-31

दोश्रो त्रैमासको शुरुमा मिर्मिरेको समिक्षा तथा क्षमता अभिबृद्धि तालिम

दोश्रो त्रैमासको शुरुमा मिर्मिरेको समिक्षा तथा क्षमता अभिबृद्धि तालिम

मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. क्षेत्रीय कार्यालय इटहरी मातहतमा रहेका ४१ वटा शाखा कार्यालयका प्रमुखहरु सहित प्रथम त्रैमासिक समिक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम इटहरी स्थित पाथिभरा होटलमा सम्पन्न भएको छ । यहि कार्तिक १३ र १४ गते केन्द्रीय कार्यालयका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा, मानव संशाधन विभाग प्रमुख लोमश भट्टराई तथा योजना, असुली, तालिम विभाग प्रमुख एवं इटहरी क्षेत्र प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेको २ दिने तालिममा आर्थिक वर्षको पहिलो त्रैमासमा राखिएको लक्ष्य र उपलब्धी तथा आगामी समयको लक्ष्यको बारेमा छलफल गरिएको थियो ।


बीमा साझेदार संस्था सुर्या लाइफ इन्स्योरेन्स प्रदेश नं. १ का प्रमुख तारा बहादुर दाहाल एवं इटहरी शाखा प्रमुख यज्ञराज खनाल सहितको उपस्थितिमा भएको कार्यक्रममा दाहालले सहभागिहरुलाई उत्प्रेरित गरेका थिए । इटहरी क्षेत्र मातहतका चार वटा ब्लक स्टेशन प्रमुखहरु दिपेश श्रेष्ठ, षडेन्द्र त्रिखत्री, बिरेन्द्र झा र तिलक साउदले सहभागिहरुलाई समिक्षा कार्यक्रम एवं समूहगत कार्यमा सहजिकरण गरेका थिए । समूहगत छलफलबाट हालैको समस्याहरुको पहिचान गरि उक्त समस्याको समाधानको लागि शाखा, ब्लक, क्षेत्र र केन्द्रले गर्नुपर्ने भूमिकाहरु पहिचान गरिएको थियो ।


त्यसैगरि संस्थाको बौनिया क्षेत्र अन्तर्गतका फिल्ड कर्मचारीहरुलाई पनि कार्य संचालन सीप अभिबृद्धि तथा गुणस्तर व्यवस्थापन तालिम यहि कार्तिक १२ र १३ गते प्याराडाइज होटल बौनिया कैलालीमा सम्पन्न भएको छ । संस्थाका अनुगमन विभाग प्रमुख वेद प्रसाद आचार्य को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आचार्य संगै कर्जा विभाग प्रमुख स्वयम्भु श्रेष्ठ, प्रविधि विभागका मनिष श्रेष्ठले तालिमको सहजिकरण गरेका थिए । बौनिया क्षेत्रका निमित्त क्षेत्रीय प्रमुख सुरेश खड्काले संचालन गरेको उक्त कार्यक्रममा ४२ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

2021-10-24

मिर्मिरेको नयाँ सिइओमा पुष्कर राज जोशी नियुक्त

 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि। ले पुष्कर राज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

उहाँलाई यहि मिति २०७८।०७।०८ गते बाट लागु हुनेगरि आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ। संस्थाको २२१ औं सञ्चालक समितिको बैठकले उहाँलाई नियुक्त गरेको हो।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाश लिए पश्चात खालि रहेको पदमा जोशीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकर जोशीले कञ्चन डेभलपमेन्ट बैंक र  भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएका जोशीले पछिल्लो समयमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । जोशी संग २३ वर्ष भन्दा लामो अवधिको बैंकिङ अनुभव रहेको संस्थाले जानकारी दिएको छ।

2021-10-08

मिर्मिरे द्धारा सदस्यलाइ नगद राहत वितरण

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को शाखा कार्यालय खहरे बजारले सदस्यलाई दैवि प्रकोप राहत वितरण गरेको छ । पाल्पाको माथागढी गाउँपालिका वडा नं. ६ स्थित केन्द्र नं. ८ लाली गुँरास मिर्मिरे महिला समुहमा आवद्ध सदस्य प्रेममाया ठाडा मगर आवास हावाहुरी तथा वर्षातको कारण दुई तले घरमा क्षती भएको हुँदा संस्थाको ग्राहक संरक्षण कोष मार्फत राहत वितरण गरिएको हो ।
सदस्य प्रेममाया ठाडा मगरलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था शाखा कार्यालय खहरे बजार पाल्पा का शाखा प्रबन्धक गोविन्द पाण्डेले राहत स्वरुप नगद रकम हस्तान्तरण गरेका थिए ।

2021-09-23

रक्तदान कार्यक्रमको साथमा मिर्मिरेको एघारौं वार्षिकउत्सव

 

बनेपाको केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले आज आफ्नो एघारौं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरि सम्पूर्ण सरोकारी निकाय, नीयमन निकाय, शेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन तथा शुभकामना दिनुभएको छ । शुभकामना कार्यक्रम पश्चात नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा स्थानीय व्यक्तित्वहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा संस्थाकै कर्मचारीहरुले रक्तदान गरेका थिए । पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पुर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले जानकारी गराउनुभयो ।


कार्यक्रम संयोजक तथा संस्थाका योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरु तथा सहयोगी सबैलाई धन्यवादको साथमा सामाजिक कार्यक्रमहरु नीयमित रुपमा संचालन हुँदै जाने बताउनुभयो । कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बोहरा संगै स्वतन्त्र संचालक प्रविण भट्टराईको उपस्थिती रहेको थियो । साँझ संस्थाका १४९ वटा शाखा कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको संस्थाका सहायक प्रमुख कार्यकारी विर्खबहादुर बोहराले जानकारी दिनुभयो ।

 

2021-09-01

मिर्मिरेका शाखा प्रमुखहरुलाई एक्शलको तालिम


मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले शाखाका कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले एक्शल तालिम दिएको छ । क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गरि व्यवसाय प्रवद्र्धन गर्न सहज होस भन्ने उद्देश्यले वेबिनार मार्फत भर्चुअल तालिम दिइएको हो ।
अघिल्लो साता संस्थाको इटहरी क्षेत्रीय कार्यालय अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको थियो भने यस साता भरतपुर क्षेत्र तथा बनेपा ब्लक अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको हो ।


आगामी साता भने बौनिया क्षेत्रका शाखा प्रमुखहरुलाई तालिम दिइने संस्थाका सूचना प्रविधि विभाग प्रमुख इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए ।
आर्थिक वर्षको शुरुवातमै संस्थाले यस सबै शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम दिइसकेको छ ।

2021-08-14

थानकोटमा मिर्मिरे लघुवित्त को सेवा केन्द्र शुरु

मिर्मिरे लघुवित्त वित्तीय संस्गथा लि. गैरीधारा शाखा कार्यालयले सदस्य सेवा केन्द्र थानकोटमा शनिवार बाट शुरु गरेको छ । संस्थाका संचालक सन्तोष फुयालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको बिचमा विधिवत रुपमा सेवा केन्द्र संचालन गरिएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले उपस्थितहरुलाई संस्थाको सेवा सुविधा तथा डिजिटल बैंकिङ सम्बन्धि जानकारी गराएका थिए ।
कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले सभाध्यक्षता गर्दै सदस्यहरुलाई घरदैलोबाट नै सेवा दिने उद्देश्यले शाखाको सेवा केन्द्र संचालन गरिएको बताए । कार्यक्रममा पुर्व संचालक सिर्जना श्रेष्ठले थानकोट क्षेत्रमा सेवा विस्तार पश्चात पहिलेबाट नै सेवा लिइरहेका सदस्यहरुलाई सहज भएको तथा अरु थप सदस्यहरुले सेवा लिन सहज भएको बताए ।
सेवा केन्द्र सुचारु कार्यक्रममा एक दर्जन भन्दा बढि उपस्थितहरु सदस्य बनेर सेवा लिएको गैरीधारा शाखा प्रमुख बसन्ती तामाङले जानकारी दिए । संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले स्वागत मन्तव्य सहित उपस्थितहरुलाई स्वागत गरिएको कार्यक्रम बनेपा ब्लक स्टेशन प्रमुख किरण विष्टले संचालन गरेका थिए ।

2021-08-07

सबै तहका कर्मचारीहरुको क्षमता बृद्धि गर्दै मिर्मिरे

हरेक तहका कर्मचारीहरुलाई सक्षम बनाउनको लागि आर्थिक वर्षको शुरुवाती समयबाट नै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विभिन्न चरणमा कर्मचारीहरुलाई तालिम प्रदान गरिरहेको छ । शाखा प्रमुखहरुको तालिम तथा अनुगमन प्रमुखहरुलाई तालिम संचालनको पश्चात आज फिल्ड कर्मचारीहरुको लागि तालिमको संचालन गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने र इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख सुशिल कुमार बुढाले संस्थाको प्रदेश नं. १ अन्तर्गतका कर्मचारीहरुलाई एक दिने फिल्ड व्यवस्थापन सम्बन्धि तालिम दिएको हो ।
रङ्गेलीबजारको होटल मेलिनामा भएको तालिममा कर्मचारीहरुलाई गुणस्तरीय लगानी तथा बचत बृद्धि सम्बन्धि तालिम दिएको हो । पछिल्लो कोरोना महामारी पश्चात गुणस्तरीय लगानी बृद्धि गर्न तथा सदस्यहरुलाई प्रभावकारी रुपमा सेवा प्रदान गर्नको लागि कर्मचारीहरुमा सीप तथा क्षमता बृद्धि गर्नको लागि कर्मचारीहरुलाई तालिम प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्योपानेले बताउनुभयो ।
मिर्मिरेले आर्थिक वर्षको शुरुवाती दिनबाट नै कर्मचारीहरुलाई निरन्तर तालिम दिइरहेको छ । गत बिहीबार र शुक्रबार काभ्रेको धुलिखेलमा बनेपा ब्लक स्टेशन अन्तर्गतका शाखाका प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको हो ।

2021-07-29

मिर्मिरेको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, कर्मचारीहरुलाई धमाधम तालिम दिईंदै

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । संस्थाले चौथो त्रैमासमा २० करोड १ लाख ३३ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आम्दानी खुद नाफा तर्फ झण्डै ४८२ प्रतिशत बढि हो । गत वर्षको भन्दा अझ राम्रो उपलब्धी हासिल गर्नकोलागि यस आर्थिक वर्षको शुरुवातबाट डेढ सयको हाराहारीमा शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम सम्पन्न गरेको छ । यस आर्थिक वर्षको लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि संस्थाले आर्थिक वर्षको शुरुको दिन बाट अधिराज्यका विभिन्न स्थानमा शाखा प्रमुखहरुलाई भेला पारी व्यवसाय बृद्धि, गुणस्तरीय लगानी, मैत्रीपुर्ण सेवा प्रवाह, जोखिम व्यवस्थापन, तनाव व्यवस्थापन लगायतका विषयहरुमा तालिम दिएको हो । श्रावण १ गते महोत्तरीको बर्दिवासबाट शुरु भएको तालिम कार्यक्रम क्रमशः डडेलधुराको अमरगढी, कैलालीको बौनिया र झापाको बिर्तामोडमा कार्यक्रम गर्दै हिजो बाट चितवनको भरपुरमा तालिम प्रदान गरेको हो ।
आज समापन हुने तालिमले कर्मचारीहरुमा उत्साह, थप उर्जा तथा व्यक्तिगत सीप र ज्ञानको बृद्धि भएको र लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि धेरै सहज भएको हेटौंडा क्षेत्रका क्षेत्रीय प्रमुख तर्क रावलले जानकारी दिए । शाखा प्रमुुखहरुलाई आन्तरिक रुपमा कार्यकारी प्रमुखहरु, विभागिय प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुहरुले प्रशिक्षित तथा सहजिकरण गरेका थिए ।
संस्थाले शाखा प्रमुखहरुको लागि मात्र नभई शुक्रवार र शनिवार चितवनकै सौराहामा अनुगमन प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुको लागि प्रशिक्षण तथा समिक्षा कार्यक्रम राखिएको संस्थाका तालिम विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।
मिर्मिरेको चौथो त्रैमासको रिपोर्ट सन्तोषजनक रहेको र यस आर्थिक वर्ष उच्च लक्ष्य लिइएकोमा कर्मचारीहरुमा उच्च मनोवलले काम गर्ने वातावरण बनाउनको लागि कार्यक्रमहरुको नियमितता गरिएको संस्थाका सहायक प्रमुख कार्यकारी विर्ख बहादुर बोहराले बताए ।
शाखा प्रमुख तथा अनुगमन प्रमुखहरु पश्चात फिल्ड तहका कर्मचारीहरु एवं सदस्य लक्षित विभिन्न कार्यक्रमहरु वर्ष भरि नै संचालन गरिने र सदस्य सेवालाई प्रधानता राखेर कार्यक्रमहरु गरिने संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।


Back To Top