हरेक तहका कर्मचारीहरुलाई सक्षम बनाउनको लागि आर्थिक वर्षको शुरुवाती समयबाट नै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विभिन्न चरणमा कर्मचारीहरुलाई तालिम प्रदान गरिरहेको छ । शाखा प्रमुखहरुको तालिम तथा अनुगमन प्रमुखहरुलाई तालिम संचालनको पश्चात आज फिल्ड कर्मचारीहरुको लागि तालिमको संचालन गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने र इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख सुशिल कुमार बुढाले संस्थाको प्रदेश नं. १ अन्तर्गतका कर्मचारीहरुलाई एक दिने फिल्ड व्यवस्थापन सम्बन्धि तालिम दिएको हो ।
रङ्गेलीबजारको होटल मेलिनामा भएको तालिममा कर्मचारीहरुलाई गुणस्तरीय लगानी तथा बचत बृद्धि सम्बन्धि तालिम दिएको हो । पछिल्लो कोरोना महामारी पश्चात गुणस्तरीय लगानी बृद्धि गर्न तथा सदस्यहरुलाई प्रभावकारी रुपमा सेवा प्रदान गर्नको लागि कर्मचारीहरुमा सीप तथा क्षमता बृद्धि गर्नको लागि कर्मचारीहरुलाई तालिम प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्योपानेले बताउनुभयो ।
मिर्मिरेले आर्थिक वर्षको शुरुवाती दिनबाट नै कर्मचारीहरुलाई निरन्तर तालिम दिइरहेको छ । गत बिहीबार र शुक्रबार काभ्रेको धुलिखेलमा बनेपा ब्लक स्टेशन अन्तर्गतका शाखाका प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको हो ।