Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


रक्तदान कार्यक्रमको साथमा मिर्मिरेको एघारौं वार्षिकउत्सव


 

बनेपाको केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले आज आफ्नो एघारौं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरि सम्पूर्ण सरोकारी निकाय, नीयमन निकाय, शेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन तथा शुभकामना दिनुभएको छ । शुभकामना कार्यक्रम पश्चात नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा स्थानीय व्यक्तित्वहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा संस्थाकै कर्मचारीहरुले रक्तदान गरेका थिए । पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पुर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले जानकारी गराउनुभयो ।


कार्यक्रम संयोजक तथा संस्थाका योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरु तथा सहयोगी सबैलाई धन्यवादको साथमा सामाजिक कार्यक्रमहरु नीयमित रुपमा संचालन हुँदै जाने बताउनुभयो । कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बोहरा संगै स्वतन्त्र संचालक प्रविण भट्टराईको उपस्थिती रहेको थियो । साँझ संस्थाका १४९ वटा शाखा कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको संस्थाका सहायक प्रमुख कार्यकारी विर्खबहादुर बोहराले जानकारी दिनुभयो ।

 







Back To Top