मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. को सुनसरी जिल्ला बराह क्षेत्र नगपालिका स्थित प्रकाशपुर शाखामा आवद्ध रहि लघुवित्त कारोवार गरेका सदस्य प्रकाश बहरदारलाई संस्थाले राहत उपलब्ध गराएको छ । बुधवार दिउँसो घरमा सोलार प्यानलको बिजुली सर्किट सट भई आगलागी भएको थियो । आगलागीमा निजको घर पुरै जलेर नष्ट भएको हो । प्रहरी चौकी मधुवनले उठाएको मुचुल्कामा उक्त घटनामा नगद, गहना, अन्नपात तथा लुगाफाटो सहित करिब १० लाख बराबरको क्षती भएको जनाएको छ । घरमा कोहि नभएको अवस्थामा मानवीय क्षती हुन नपाएको र दमकल ल्याएर मात्र आगो नीयन्त्रणमा लिन सकिएको प्रकाश बहरदारबा बुवा सिताराम बहरदारले जानकारी दिए ।

बैदेशिक रोजगारीको लागि प्रक्रिया हुँदै गरेको र म्यानपावर कम्पनीले बोलाएको हुँदा नगद घरमा नै राखेको अवस्थामा नगद सबै जलेर काम नलाग्ने भएको र केहि टुक्राहरु बाँकी भएको परिवारले जनाएको छ ।
मिर्मिरे लघुवित्तले घटनाको जानकारी पाउनासाथ तत्कालै निज परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा लगायत सामाग्री राहत स्वरुप पिडित परिवारलाई राहत उपलब्ध गराएको हो ।
पिडित बहरदारको घरमा क्षेत्रीय प्रमुख राजेश श्रेष्ठ, ब्ल स्टेशन प्रमुख षडेन्द्र प्रसाद त्रिखत्री, प्रकाशपुर शाखा प्रमुख चन्द्र प्रकाश शाह तथा फिल्ड कर्मचारीहरु पुगरेर राहत वितरण गरेको हो ।