Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बिशेष साधारण शभा सम्पन्न


अषाढ ३१, शुक्रबार, धुलिखेल, काभ्रेपलान्चोक 

नेपालको लघुवित्त क्षेत्रको चिर-परिचित राष्ट्रिय स्तरको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बिशेष साधारण शभा आज धुलिखेलको होटल सारथिमा सम्पन्न भएको छ ।

पानसमा दिप प्रज्वलन गर्दै बिशेष साधारण शभाको उद्घाटन वित्तीय संस्थाका संचालक समिति अध्यक्ष एवम् बिशेष साधारण शभाका शभाध्यक्ष टेक बहादुर बोहराले गर्नुभयो । संस्थाका संचालक एवम् मर्जर एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा संयोजक फुयालले वित्तीय संस्थाले दुई आर्थिक बर्षको दौरान नागबेली र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको र यस पटक भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ती गर्ने प्रयोजनका लागी बोलाइएको बिशेष साधारण बोलाइएको बताउनु भयो  । यसैगरी संस्थाका संचालक  समिति अध्यक्ष टेक बहादुर बोहराले  बुद्दज्योति लघुवित्त वित्तीय संस्थालाई स्वाप रेशियो १:०.७६ मा प्राप्ति गर्न बिशेष प्रस्ताव पारित सभा समक्ष प्रस्ताव गर्नुभएकोमा शभाले सर्वसम्मत अनुमोदन गरेको छ । अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा बृद्दी गर्न सफल भएको बताउनु भयो । साथै यस कार्यमा प्रत्यक्ष-परोक्ष सहयोग तथा सुझाव दिनुहुने सम्पूर्ण सरोकार वालामा धन्यबाद ब्यक्त गरेका थिए ।शेयरधनीहरुको तर्फबाट मन्तब्य राख्दै संस्थाका शेयरधनी शिव प्रसाद पौडेलले संस्थाको उपलब्धिको प्रशंशा गर्दै बुद्द्ज्योती संगको एकीकृत कारोबारको लागी शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव पुष्कर राज जोशीले गरेका थिए । शभामा संस्थापक शेयरधनी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । प्राप्ति पश्चात् वित्तीय संस्थाको चुक्ता  पुंजी ५४ करोड १२ लाख पुग्ने संस्थाले जनाएको छ । २०७९ आषाढ ३०  को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलन तर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लाहरुमा १४८ वटा शाखा  संजाल मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ  ।







Back To Top