मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष टेक बहादुर बोहराले सपथ ग्रहण गरेका छन् । अध्यक्ष बोहराले बिहीबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक समारोहकाबीच का.मु कार्यकारी निर्देशक किरण पण्डीतबाट आफ्नो पद तथा गोपनियताको सपथ खाएका हुन् ।
संस्थाको नवौं बार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भई संचालक समितिको बैठकले बोहरालाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रम पछि नवनियुक्त अध्यक्ष बोहराले सपथ ग्रहण गराएकोमा समारोहका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका का.मु कार्यकारी निर्देशक लाई धन्यवाद दिएकाछन् ।
कार्यक्रममा नवनियुक्त संञ्चालक समितिका सदस्य सन्तोष फूयाल, स्वयम्भू श्रेष्ठ, सन्जु घिमिरे तथा कम्पनी सचिव तुलसीराम पाठकको उपस्थिति रहेको थियो भने नेपाल राष्ट्र बैंकको तर्फवाट उपनिर्देशक विरेन्द्र दत्त अवस्थी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।