Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


2024-02-20

मेरो अनुभवः कर्जा खराब त्यो अवस्थामा हुन्छ, जब हामी कर्जा लिएर उद्देश्य भुल्छौं

मेरो अनुभवः कर्जा खराब त्यो अवस्थामा हुन्छ, जब हामी कर्जा लिएर उद्देश्य भुल्छौं

म सरिता कुमारी चौधरी मेरो घर चन्द्रपुर नगरपालिका वडा नं.१०, बालचनपुर रौतहटमा पर्छ । मेरो घरमा जम्मा पाँच जना सदस्य ससुरा, सासु, श्रीमान्, अनि म र मेरो छोरी छौं । मेरो परिवारले पुस्तौ देखि कृषि व्यावसाय गर्दै जिविको पार्जन गर्दै आई रहेको थियो । मेरो श्रीमानले केहि वर्ष गाउँको विद्यालयमा शिक्षण पेशा गर्नु हुन्थ्यो । हाल उहाँले साँझ बिहान टोलका बालबच्चाहरुलाई ट्युसन पढाउनु हुन्छ ।

शुरुमा हामीले श्रीमानको कमाईले सानो किराना पसल सुरु गरेका थियौं । बालचनपुरमा लघुवित्त बैंकले समूह गठन गर्न थालेसंगै मैले घर परिवारको सरसल्लाहमा लघुवित्तमा आवद्ध रहेर बचत तथा कर्जाको कारोबार गर्न थालें । सुरुसुरुमा धेरै लघुवित्त वित्तीय संस्थाहरु थियो यहाँ । मैले पनि तीनवटा लघुवित्तमा बचत तथा कर्जा कारोबार गरेता पनि हाल म एउटा मात्र संस्था (मिर्मिरे लघुवित्तमा) मात्र कर्जा कारोबार गरिरहेकी छु । मिर्मिरेबाट मैले पहिलो पटक २ लाख लिएको थिएं । पछि नीयमित रुपमा कारोबार गर्दै अहिले चांैथो पटकको कर्जा चलाइरहेकी छु । लघुवित्त संस्थाबाट कर्जा लिएर किराना पसलमा आवश्यक सामान राखेसँगै मेरो व्यापार पहिलेको भन्दा राम्रो हुँदै गएको छ । अर्को कुरा त हप्ताको २ दिन बुधबार र शनिबार मेरै पसल अगाडी हाटबजार लाग्ने गर्छ र मैले हाटमा किनमेल गर्न आउने ग्राहकको माग अनुसार सामान पसलमा राख्ने गरेको हुनाले मनग्य आयआर्जन गर्न पनि थालेकी छु । मेरो व्यापारमा आम्दानी बढेसंगै मैले किराना पसलको छेबैमा अर्को कस्मेटिक पसल पनि शुरु गरेकी छु लिएको कर्जाको परियोजनामा नै खर्च गरेकी हुनाले मलाई कर्जाको किस्ता तिर्न कुनै समस्या छैन । आफ्नै घरमा पसल रहेको हुँदा घरभाडा समेत जोगिएको छ ।

बैंक वित्तीय संस्था बाट कर्जा लिएर उद्देश्य अनुसार लगानी र आफ्नो मेहनत भयो भने राम्रै आम्दानी गर्न सकिन्छ । संस्थाका सर मिसहरुले पनि कर्जा कहाँ लगाउनु भयो भनेर बेला बेलामा हेर्न पनि आउनुहुन्छ आवश्यक सरसल्लाह पनि दिनुहुन्छ । मैले किराना पसल गरेकी हुनाले कोभिड (बन्दाबन्दी)को अवस्थामा पनि मलाई आर्थिक रुपमा कुनै समस्या भएन । हाल मेरो पसलमा सरदर एघार बाह्रलाख सम्मको सामानहरु रहेको छ । सानो किराना पसलबाट सुरु गरेको व्यापारले आज मैले मेरो घर परिवारको आधारभुत आवश्यकताहरु पुरा गर्न सक्ने भएकी छु । मेरो र मेरो घरपरिवारको मेहनत र लघुवित्तको साथ भएर नै आज म खुसी छु ।

   म के भन्छु भने कर्जा कहिले पनि खराब हुँदैन, खराव त त्यो अवस्थामा हुन्छ जब हामी कर्जा लिएर उद्देश्य भुल्छौं र बिलासितामा खर्च गर्छौं । त्यसैले म सबै लघुवित्तका सदस्य दिदीवहिनीहरुलाई लिएको कर्जालाई सदुपयोग गरौं र आत्मनिर्भर बनौं भन्न चाहन्छु ।

2024-02-08

QR Phone-pay भएपछी बैंक जानुपर्ने बाध्यता हट्यो । लघुवित्तले उद्यमी बनायो ।

QR Phone-pay भएपछी बैंक जानुपर्ने बाध्यता हट्यो । लघुवित्तले उद्यमी बनायो ।

मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेड भलुवाहि शाखामा आवद्ध केन्द्र न ०५ कि सदस्य गमला कुमारी थापा मगरले लघुवित्त संस्थामा आबद्ध भएर पहिलो पटक रु १ लाख  कर्जा कारोबार गर्नुभएको थियो । कर्जा लिएर व्यवसाय गर्दै जाने क्रममा हाल ५ लाख कर्जा लिइ होटेल व्यवसायलाइ व्यवस्थित तरिकाले सञ्चालन गर्दै आउनु भएको छ । होटलमा खाएर पैसा भुक्तानी गर्ने बेलामा प्रायः ग्राहकहरूले मोवाइलबाट पैसा तिर्न क्यू. आर. छ ? भनेर सोध्ने गर्नुहुन्थ्यो । पहिले होटेलमा आउने ग्राहकहरूले मोबाईलबाट नै पैसा तिर्न असहज थियो तर मिर्मिरे लघुवित्तले डिजिटल बैंकिङ सेवा अन्तर्गत QR phone-pay  वितरण गरेपछि ग्राहकहरुले सिधै लघुवित्तको खातामा QR phone-pay को सेवा मार्फत भुक्तानी गर्न धेरै सहज भएको छ । मिर्मिरेको मोबाइल बैंकिङ सेवा लिइ कारोवार गर्दा ढुक्क अनि सहज भएको बताउनु हुन्छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट वित्तीय कारोवार गरी होटेलमा आवश्यक सामाग्रीहरु थप गरि व्यवसाय बृद्धि गर्नुका साथै जिवनस्तर उकास्न सहयोग गरेकोमा संस्था प्रती आभारी रहेको थापाले बताउनुभयो । आगामी दिनमा पनि लघुबित्त सेवा मार्फत यस्तै अरु पनि राम्रा-राम्रा सेवा सुबिधा थप गर्दै जाँदा राम्रो हुने समेत बताउनुहुन्छ । सदस्य
गमला दिदि भन्नुहुछ मिर्मिरे लघुवित्त आएपछि म उधमी भएकी छु, साथै मलाई सामाजिक र आर्थिक रुपमा पनि अगाडी बढ्न मद्दत गरेको छ । उहां अझ थप्नुहुन्छ नेपालको ग्रामिण अर्थतन्त्रको मुल खम्वा भनेकै लघुवित्त हो त्यसमा पनि मिर्मिरेले घरदैलो मात्र नभइ हात हातमा बैंकिङ सेवा दिएकोले अझ सहज सुलभ र बिश्वासिलो लाग्छ रे उहाँलाई । उद्यमी बनेर उहाँ दङग हुनुहुन्छ ।


Back To Top