मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेड भलुवाहि शाखामा आवद्ध केन्द्र न ०५ कि सदस्य गमला कुमारी थापा मगरले लघुवित्त संस्थामा आबद्ध भएर पहिलो पटक रु १ लाख कर्जा कारोबार गर्नुभएको थियो । कर्जा लिएर व्यवसाय गर्दै जाने क्रममा हाल ५ लाख कर्जा लिइ होटेल व्यवसायलाइ व्यवस्थित तरिकाले सञ्चालन गर्दै आउनु भएको छ । होटलमा खाएर पैसा भुक्तानी गर्ने बेलामा प्रायः ग्राहकहरूले मोवाइलबाट पैसा तिर्न क्यू. आर. छ ? भनेर सोध्ने गर्नुहुन्थ्यो । पहिले होटेलमा आउने ग्राहकहरूले मोबाईलबाट नै पैसा तिर्न असहज थियो तर मिर्मिरे लघुवित्तले डिजिटल बैंकिङ सेवा अन्तर्गत QR phone-pay वितरण गरेपछि ग्राहकहरुले सिधै लघुवित्तको खातामा QR phone-pay को सेवा मार्फत भुक्तानी गर्न धेरै सहज भएको छ । मिर्मिरेको मोबाइल बैंकिङ सेवा लिइ कारोवार गर्दा ढुक्क अनि सहज भएको बताउनु हुन्छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट वित्तीय कारोवार गरी होटेलमा आवश्यक सामाग्रीहरु थप गरि व्यवसाय बृद्धि गर्नुका साथै जिवनस्तर उकास्न सहयोग गरेकोमा संस्था प्रती आभारी रहेको थापाले बताउनुभयो । आगामी दिनमा पनि लघुबित्त सेवा मार्फत यस्तै अरु पनि राम्रा-राम्रा सेवा सुबिधा थप गर्दै जाँदा राम्रो हुने समेत बताउनुहुन्छ । सदस्य
गमला दिदि भन्नुहुछ मिर्मिरे लघुवित्त आएपछि म उधमी भएकी छु, साथै मलाई सामाजिक र आर्थिक रुपमा पनि अगाडी बढ्न मद्दत गरेको छ । उहां अझ थप्नुहुन्छ नेपालको ग्रामिण अर्थतन्त्रको मुल खम्वा भनेकै लघुवित्त हो त्यसमा पनि मिर्मिरेले घरदैलो मात्र नभइ हात हातमा बैंकिङ सेवा दिएकोले अझ सहज सुलभ र बिश्वासिलो लाग्छ रे उहाँलाई । उद्यमी बनेर उहाँ दङग हुनुहुन्छ ।
