काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक समिक्षा गोष्ठी तथा लघुवित्त व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेको बनेपा, मकवानपुरको हेटौडा र कैलालीको घोडाघोडीमा कार्यक्रम सम्पन्न भएको हो ।
दोस्रो समिक्षा गोष्ठीमा शाखा कार्यालयहरुले प्राप्त गरेका लक्ष्य साथै लघुवित्तमा देखिएका चुानौतीको न्यूनीकरण विषयमा छलफल गरिएको थियो । तालिम कार्यक्रममा शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरुलाई लघुवित्त व्यवस्थापन, विकास, तनाब व्यवस्थापन, आत्मविश्वास, रुपान्तरण, सम्झौता र सञ्चारको विषयमा प्रकाश कोइरालाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष टेकबहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर .बोहरा, मानब संशोधन विभाग प्रमुख लोमश भट्टराई, कर्जा असुलि तथा व्यवस्थापन विभाग प्रमुख बेद प्र. आचार्य, आन्तरीक लेखा परिक्षण विभाग प्रमुख सुशिलकुमार बुढा लगायतको उपस्थिति तथा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापनमा बोल्दै संस्था अध्यक्ष बोहराले लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकाले सबैले जिम्मेवार तथा गम्भीर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गर्न निर्देशन तथा सुझाव दिएका थिए ।