मिति २०७६ चैत्र १ गते शनिवार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड तथा स्वेडा लघुवित्त बित्तीय संस्था लिमिटेड बिच परिचयात्मक तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविलाल सिटौलाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष टेक बहादुर बोहरा प्रमुख अतिथि, मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने अतिथि, नायब प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा अतिथि रहनु भएको थियो ।
बिजय विकास स्रोत केन्द्र, गैडाकोट, नवलपुरमा सञ्चालन भएको कार्यक्रमको उद्देश्य दुबै संस्थामा कार्यरत विद्यमान जनशक्तिकाबीच कार्यसञ्चालनको तौरतरीका र अनुभव आदान–प्रदानगर्दै जाँदा एकिकृत कारोवार पश्चात प्रभावकारी कार्यसञ्चालनमा सहयोय पुग्ने रहेको थियो ।
कार्यक्रममा मिर्मिरे लघुवित्तको कार्य सञ्चालन पद्घती, लघुवित्त भनेको के हो, लघुवित्तमा कार्यक्रममा महिला नै किन, रोजगारीको सिर्जनामा लघुवित्तको योगदान, सबल संस्था बनाउन मर्जर र कर्मचारीको भूमिका विषयमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिडेका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने, नायब प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा, कर्जा असुलि तथाव् यवस्थापन विभाग प्रमुख बेद प्रसाद आचार्य, तालिम तथा सामाजिक विकास विभाग प्रमुख बिकल काफ्ले, अनुगमन अधिकृतहरु रमेश घिमिरे, किरण विष्ट तथा शाखा प्रबन्धक सरस्वती तिवारीको प्रस्तुत्ति रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि टेक बहादुर बोहराले संस्था सबल भए कर्मचारीको पनि वृद्धि विकास हुने मन्तव्य राख्दै उच्च मनोवलका साथ कार्य गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष छविलाल सिटौलाले मिर्मिरे लघुवित्तसँग एक्वीजिसन हुन लागेको खुशि व्यक्त गर्दै एक्वीजिसन पहिले नै स्वेडाका कर्मचारीहरुलाई तालिम दिई हौसला बढाएकोमा हार्दिक धन्यवाद दिदैँ आउँदो दिनमा संस्थाले सबल अनि विश्वसनिय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।