मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र शाकाहारी पाटीको संयुक्त पहलमा काठमाडौँ उपत्यकाभित्रका सडक मानव र दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने मानिसहरुलाई एकदिनको खाना तथा सडकमा छाडा छोडिएका पशुहरुलाई खानेकुरा खुवाइएको छ ।
कोरोना भाइरस ( कोभिड—१९ ) को माहामारीबाट बच्न नेपाल सरकारले पुरै देश नै बन्दाबन्दी गरेको अवस्थामा देशका कल—कारखाना तथा दैनिक काम गर्ने स्थान बन्द भएका कारण दैनिक कमाई गरि खाने मानिसहरु समस्यामा परेका छन् । सोही समस्यालाई मध्यनजर गर्दै संस्थाले बन्दाबन्दीसँगै दैनिकरुपमा समस्यामा परेका ज्यालादारी तथा मजदुरी गरिखाने मानिसहरुलाई नियमित भोजन तथा राहत उपलब्ध गराउँदै आएको शाकाहारी पाटीसँगको सहकार्यमा भोजन गराएको हो । साथै, सडकमा छाडा छोडिएका पश्हरुलाई खानेकुरा समेत खुवाइएको छ ।
मिर्मिरे लघुवित्तले नियमित कारोवारका अतिरिक्त सामाजिक जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न समयमा आईपर्ने विपतमा राहतकार्यक्रम समेत गर्दै आइरहेकोमा अहिलेको अवस्था नै घर भित्र बसेर काम गरीरहेका संघ संस्थाहरुलाई सहयोगी हात अघि बढाउने समय भएकाले सम्भव भए प्रदेश अनुसार नै कार्यक्रमको सहकार्य गर्ने साथै कोही पनि पैसा नभएको कारणले भोको पेट सुत्न नपरोस् भन्ने मनसायले अझै विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।