मिर्मिरे लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चरिकोटले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको छ ।
संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न संस्थाले स्थानीय लालिगुराँस यूवा क्लबसंग सहकार्यमा स्वास्थ्य मापदण्डको पालना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई निशुल्क खाना वितरण गरेको हो ।

निशुल्क खाना वितरण कार्यक्रममा लालिगुराँस युवा क्लबका अध्यक्ष प्रबिन श्रेष्ठ, दोलखा उद्योग वाणिज्य महासंघका सचिब बिमल श्रेष्ठ र चरिकोट प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज बिनोद डैगाल एवं मिर्मिरे लघुबित्त बित्तीय संस्था चरिकोट शाखाका शाखा प्रबन्धक इन्द्रजित बोहरा को सहभागिता रहेको थियो ।
त्यसै गरि आजै सुनसरी बराह क्षेत्र स्थित प्रकाशपुर प्रहरी चौकीमा संस्थाका क्षेत्रीय प्रमुख सुशिल बुढा, ब्लक स्टेशन प्रमुख महेश्वर पौडेल र प्रकाशपुर शाखाका शाखा प्रमुख अकल राउतले सहायक प्रहरी निरिक्षक धर्मेन्द्र कुमार सिंह लाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको छ ।

मिर्मिरेले यस अघि देशका विभिन्न क्षेत्रमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।