Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


कैलालीको सहारा घरलाई मिर्मिरेको खाद्यान्न सहयोग


२२ जेठ, बनेपा

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कैलाली बर्दगोरिया २ स्थित असाहायहरुको लागि सहयोगी हातहरु, नेपाल (सहारा घर) लाई खाद्यान्न सहयोग गरेको छ । कोभिडको यो महामारीमा सहयोगीहरु संस्थामा आएर सहयोग गर्न नसकेको अवस्थामा उक्त संस्थामा खाद्यान्न अभाव रहेको र आश्रितहरु भोकै हुने अवस्थामा मिर्मिरेले उक्त सहयोग गरेको हो ।
सहारा घरका संस्थापक तथा संचालक बल बहादुर विष्टले यस्तो आपतकालिन अवस्थामा सहयोगको अपेक्षाले अनुरोध गरेको र मिर्मिरेले गरेको यो सहयोग प्रति आभारी रहेको बताउनुभयो । यस अगाडी पनि मिर्मिरेले अभिभावक जस्तै गरेर समय समयमा निरन्तर सहयोग गरेकोमा संस्था र संस्थाका अध्यक्षज्यू लाई धन्यवाद दिनुभयो । सहारा घरले हाल ६० जना भन्दा बढि सडक मानव, अनाथ तथा मानसिक सन्तुलन गुमेकाहरुलाई आश्रय दिएर राखेको छ ।


हाल संस्थाले देशका विभिन्न स्कथानहरुमा राहत तथा अन्य सामाजिक सेवाका कार्यहरु तिव्र रुपमा संचालन गरिरहेको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले बताउनुभयो । संस्थाको तर्फबाट खाद्यान्न सामाग्रीहरु क्षेत्रीय प्रबन्धक बेद प्रसाद आचार्य र ब्लक स्टेशन प्रमुख सुरेश खड्काले सहारा घरमा नै पुर्याउनु भएको हो ।
संस्थाले महामारीको यो समयमा समस्यामा परेका सदस्यहरुलाई राहत, फ्रन्ट लाइनमा का मगर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री लगायतका सहयोग कार्यक्रमहरु संचालन गरिरहेको छ ।







Back To Top