मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहिया, बाँकेले निःशुल्क स्वास्थ्य शिविर तथा डेंगू रोग सबन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल, बाँके, सामुदायिक प्रहरी सेवा केन्द्र, बाँके तथा नरैनापुर गाउँपालिकाको संयुक्त आयोजनमा बाँके जिल्ला अन्र्तगत मटेहिया क्षेत्रमा करीब ९०० जना विरामिको चेक जाँच गरीएको थियो ।
सामुदायीक प्रहरी सेवा केन्द्र बाँकेका उपाध्यक्ष दिपेन्द्र जोशिको सभापतित्वमा सुरु भएको कार्यक्रममा बाँके क्षेत्र नं १ का संघिय सासंद महेशवर गहतराज(अथक) प्रमुख अतिथि, बाँके क्षेत्र नं १ का पदेश सासंद कृष्ण कु. के. सि(नमुना) विशिष्ट अतिथि, नरैनापुर गाउँपालिका प्रमुख इस्तिहाक अहम्द शाह विशिष्ट अतिथि, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार ब. खड्का अतिथि, जि.प्र.का. बाँकेका प्रहरी उपरीक्षक बीर ब. ओलि, नरैनापुर गाउँपालिका वडा नं ५का कृष्णा चन्द मौरीया, मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम काकी, प्रहरी निरिक्षक डा. महादेव देउजा, मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेक ब. बहोरा लगाएत अन्य विशिष्टहरुको उपस्थीति रहेको थियो ।
करिब ९०० जना विरामीको चेक जाँच गरीएको शिविरमा आखाँ, कान, घाटी मुख, ढाँड, कम्मर, छाति, दन्त रोग, छाला सम्बन्धी रोग, महिला स्वास्थ्य सबन्धी रोगको उपचार साथै परामर्श गरीएको थियो । गम्भीर अवस्थामा भेटिएका विरामी लाई नेपालगंज रिफर गरिएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुले मिर्मिरे लघुवित्त साथै मध्य क्षेत्रीय प्रहरी अस्पताल तथा सामुदायकि प्रहरी सेवा कन्द्र, बाँके लाई विशेष धन्यवाद दिदै आउँदा दिनमा समेत स्थानीय तह सँग सहकार्य गर्न आग्रह गरेका थिए । जिल्लाका विशिष्ट व्यक्तीत्तवहरुको उपस्थीति रहेको कार्यक्रममा सम्पूर्णले कार्यक्रम दुर्गम तथा विकासले पछाडि परेको स्थान रोजेकोमा खुशि व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनमा बाल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष टेक ब. बोहरा ले भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएता पनि नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको र विकासका पूर्वाधार नभएको अवस्थामा पनि मिर्मिरे लघुवित्तले वित्तीय पहुँचका लागि २ बर्ष देखिनै सेवा गर्दै आइरहेको जनाएका थिए । त्यस क्षेत्रमै वित्तीय सेवा दिने पहिलो संस्थाको रुपमा मिर्मिरे पुगेको बताउदै निःशुल्क स्वास्थ्य शिविर तथा डेंगू रोग सबन्धी जनचेतनामुलक कार्यक्रम गर्न सहकार्य गरेको मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल बाँके, नरुैनापुर गाउँपालिका, सामुदायिक प्रहरी सेवा केन्द्र लाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।