ग्लोबल मनि विक कार्यक्रम अन्तर्गत विश्वव्यापी रुपमा वित्तीय साक्षरता जनचेतना कार्यक्रमहरु संचालन भइरहेकोमा काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज बनेपा नगरमा सबै प्रदेशमा कार्यक्रम गरिसकेर अन्तिम कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी कार्यक्रम समापन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एक साता सम्म चलेको वित्तीय साक्षरता सचेतना अभियान अन्तर्गत मिर्मिरेले अधिराज्यका आफ्ना सातै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता सचेतनाका कार्यक्रमहरु संचालन गरि करिब दुई हजार महिलालाई वित्तीय सचेतना सम्बन्धी तालिम प्रदान गरेको छ ।
.JPG)
संस्थाको आजको कार्यक्रममा बनेपा नगरपालिका बजारमा संस्थाका कर्मचारीहरु, संस्थाको सदस्यहरु तथा स्थानीयहरु वित्तीय सचेतना सन्देशका प्ले कार्डहरु सहित प्रभातफेरी गरेको थियो । बजार परिक्रमा पश्चात बनेपा पार्टी भेन्यूमा औपचारिक कार्यक्रम समेत गरेको हो । संस्थाको पहिलो शाखा बनेपा शाखाको संयोजनमा भएको कार्यक्रममा केन्द्र नं. ९२ शान्तीनगर मिर्मिरे महिला समूहका प्रमुख सुशिला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुखहरुले वित्तीय सचेतना सम्बन्धि विषयवस्तुहरुमा सहजिकरण गर्नुभएको थियो ।
.JPG)
कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा र नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, सफा नोट नीति लगायतका विषयहरुमा सहजिकरण गर्नुभएको हो ।
सहभागिहरुले वित्तीय सचेतना कार्यक्रमले फजुल खर्च कहाँ, किन कसरी भइरहेको छ भन्ने विषयमा स्पष्ट भएको र आफूहरुले जानेका कुराहरुलाई घर टोलमा समेत बताउने जानकारी दिएका थिए भने यस्तो कार्यक्रमहरुको निरन्तरता एवं संस्थाका सदस्यहरुलाई वित्तीय कारोवार संगै सीपमुलक कार्यक्रमहरुको माग गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले अधिराज्य भरी नै संस्थाले निरन्तर नियमित कार्यक्रमहरु गर्दै आएको र सदस्यहरुलाई पेशागत तालिम दिन सस्था अगाडी बढि रहेको र तालिम पश्चात उद्यमशिलता बिकास हुने कार्यक्रमको छनौट गरि माग अनुसारले कार्यक्रमहरु संचालन गरिंदै लैजाने बताउनुभयो ।
संस्थाका विभागिय प्रमुखहरुको समेतको उपस्थितिमा भएको कार्यक्रममा व्यवसाय प्रवद्र्धन तथा असुली विभागका प्रमुख बेद प्रकाश आचार्यले कार्यक्रमको उद्देश्य एवं वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए । उपस्थित अतिथि तथा सहभागिहरुलाई बनेपा शाखा कार्यालयका प्रमुख ललिता पौडेलले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रकको संचालन कर्जा बिभागका बिभागिय प्रमुख राजेश श्रेष्ठले गरेका थिए ।