मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खहरे बजार, पाल्पाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाल्पा जिल्ला तानसेन नगरपालिकामा अवस्थित दमकडा नमुना माध्यमिक विद्यालयलाई दृष्टिविहिन विद्यार्थीहरुको अध्ययन अध्यापन गराउन सहज होस भन्ने अभिप्रायले २ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका प्र.अ.मोहन राज सापकोटा लगायत विद्यालय परिवार, पुर्व विद्यालय प्र.अ. साथै मिर्मिरे लघुवित्त फेनेहरा ब्लक स्टेशन प्रमुख रमेश घिमिरे, खहरेबजार शाखाका सम्पुर्ण कर्मचारिहरुको उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रमको समापनमा बोल्दै विद्यालयका प्र.अ.मोहन राज सापकोटाले कम्पुटरले दृष्टिविहिन विद्यार्थीहरुलाई अध्ययन गर्न सहज हुने भन्दै सहयोग गरेकोमा खुशि व्यक्त गर्नुभयो । त्यस्तै ब्लक स्टेशन प्रमुख रमेश घिमिरेले विभिन्न ठाउँमा गर्दै आइरहेको सामाजिक क्रियाकलाप अन्र्तगत नै कार्यक्रमको आयोजना भएको बताउदै स्कुल परिवारले देखाएको तदारुकता र सद्भावका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।