Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


2021-07-29

मिर्मिरेको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, कर्मचारीहरुलाई धमाधम तालिम दिईंदै

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । संस्थाले चौथो त्रैमासमा २० करोड १ लाख ३३ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आम्दानी खुद नाफा तर्फ झण्डै ४८२ प्रतिशत बढि हो । गत वर्षको भन्दा अझ राम्रो उपलब्धी हासिल गर्नकोलागि यस आर्थिक वर्षको शुरुवातबाट डेढ सयको हाराहारीमा शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम सम्पन्न गरेको छ । यस आर्थिक वर्षको लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि संस्थाले आर्थिक वर्षको शुरुको दिन बाट अधिराज्यका विभिन्न स्थानमा शाखा प्रमुखहरुलाई भेला पारी व्यवसाय बृद्धि, गुणस्तरीय लगानी, मैत्रीपुर्ण सेवा प्रवाह, जोखिम व्यवस्थापन, तनाव व्यवस्थापन लगायतका विषयहरुमा तालिम दिएको हो । श्रावण १ गते महोत्तरीको बर्दिवासबाट शुरु भएको तालिम कार्यक्रम क्रमशः डडेलधुराको अमरगढी, कैलालीको बौनिया र झापाको बिर्तामोडमा कार्यक्रम गर्दै हिजो बाट चितवनको भरपुरमा तालिम प्रदान गरेको हो ।
आज समापन हुने तालिमले कर्मचारीहरुमा उत्साह, थप उर्जा तथा व्यक्तिगत सीप र ज्ञानको बृद्धि भएको र लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि धेरै सहज भएको हेटौंडा क्षेत्रका क्षेत्रीय प्रमुख तर्क रावलले जानकारी दिए । शाखा प्रमुुखहरुलाई आन्तरिक रुपमा कार्यकारी प्रमुखहरु, विभागिय प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुहरुले प्रशिक्षित तथा सहजिकरण गरेका थिए ।
संस्थाले शाखा प्रमुखहरुको लागि मात्र नभई शुक्रवार र शनिवार चितवनकै सौराहामा अनुगमन प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुको लागि प्रशिक्षण तथा समिक्षा कार्यक्रम राखिएको संस्थाका तालिम विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।
मिर्मिरेको चौथो त्रैमासको रिपोर्ट सन्तोषजनक रहेको र यस आर्थिक वर्ष उच्च लक्ष्य लिइएकोमा कर्मचारीहरुमा उच्च मनोवलले काम गर्ने वातावरण बनाउनको लागि कार्यक्रमहरुको नियमितता गरिएको संस्थाका सहायक प्रमुख कार्यकारी विर्ख बहादुर बोहराले बताए ।
शाखा प्रमुख तथा अनुगमन प्रमुखहरु पश्चात फिल्ड तहका कर्मचारीहरु एवं सदस्य लक्षित विभिन्न कार्यक्रमहरु वर्ष भरि नै संचालन गरिने र सदस्य सेवालाई प्रधानता राखेर कार्यक्रमहरु गरिने संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।

2021-07-18

व्यवसाय प्रवद्र्धन तालिमको साथमा मिर्मिरेको नयाँ आर्थिक वर्ष शुरु

काभ्रेपलान्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले नयाँ आर्थिक वर्षको शुरुवाती शाखा प्रमुखहरुलाई तालिमको साथमा गरेको छ । महोत्तरीको बर्दिवास स्थित होटल विनायकमा बर्दिवास ब्लक तथा वरपरका १८ वटा शाखाका शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम श्रावणको १ र २ गते सम्पन्न गरेको हो ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने, सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहरा एवं योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले शाखा प्रमुखहरुलाई नयाँ आर्थिक वर्ष २०७८÷७९ को रणनीति, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन लगायतका विषयवस्तुहरु प्रशिक्षण दिनुभएको हो ।
बर्दिवास ब्लक स्टेशन प्रमुख रबि मल्लाहले संचालन तथा कलैया ब्लक स्टेशन प्रमुख राम किशोर चौधरीले संयोजन गर्नु भएको तालिममा शाखा प्रमुखहरुले नयाँ आर्थिक वर्षको शुरुवातीमै आगामी वर्षको रणनीति एवं क्षमता अभिबृद्धि हुने खालको तालिमले यो वर्षको लक्ष्य हासिल गर्नको लागि सहज भएको बताए । त्यसै गरि आजै श्रावण २ गते बाट संस्थाको सुदुरपश्चिम क्षेत्र अमरगढीमा पनि शाखा प्रमुखहरुको लागि व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम शुरु गरेको छ । उक्त तालिममा बौनिया क्षेत्रका क्षेत्रीय प्रमुख बेद प्रसाद आचार्य लगायतले तालिम दिइरहनुभएको छ ।
कर्मचारीहरु नै संस्थाको मुख्य सम्पत्ती भएको हुँदा कर्मचारीहरुलाई समय सापेक्ष सीपालु एवं दक्ष बनाउनको लागि यस्ता किसिमका तालिमहरुको नीयमित आयोजना गर्दै जाने संस्थाका सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले बताउनुभयो । यस आर्थिक वर्ष मिर्मिरेको उत्कृष्ट कार्य प्रगति वर्ष बनाउनको लागि शुरुवातीबाट नै लागि परेको निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।

2021-06-18

मिर्मिरेका नव नियुक्त संचालकहरुको सपथ ग्रहण

काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकहरुले आज सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरि संचालक समितिले नियुक्त गरेको हो ।


संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष टेक बहादुर बोहराले वहाँहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नव नियुक्त संचालक बोहरा सशस्त्र प्रहरी वल बरिष्ठ प्रहरी उपरीक्षक अवकाश प्राप्त हुनुहुन्छ भने प्रविण भट्टराई नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त हुनुहुन्छ ।
केन्द्रीय कार्यालयमा विभागिय प्रमुखहरु, कार्यकारी अधिकृतहरु तथा संचालकहरु सञ्जू घिमिरे लगायतले नव नियुक्त संचालकहरुलाई स्वागत गरेका थिए । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष टेक बहादुर बोहराले नयाँ नियुक्त भएका संचालकहरुको लामो समयको अनुभव र क्षमताले संस्थालाई अझ बलियो बनाएर अगाडी बढाउन सफलहुने बताउनु भयो । त्यस्तै नव नियुक्त संचालक द्धय जनक बोहरा र प्रविण भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर संचालक समितिमा नियुक्ति दिएकोमा आभारी रहेको र आफ्नो क्षमताले सदैव संस्थालाई अगाडी बढाउन सहयोग रहने बताउनु भयो ।

2021-06-05

कैलालीको सहारा घरलाई मिर्मिरेको खाद्यान्न सहयोग

२२ जेठ, बनेपा

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कैलाली बर्दगोरिया २ स्थित असाहायहरुको लागि सहयोगी हातहरु, नेपाल (सहारा घर) लाई खाद्यान्न सहयोग गरेको छ । कोभिडको यो महामारीमा सहयोगीहरु संस्थामा आएर सहयोग गर्न नसकेको अवस्थामा उक्त संस्थामा खाद्यान्न अभाव रहेको र आश्रितहरु भोकै हुने अवस्थामा मिर्मिरेले उक्त सहयोग गरेको हो ।
सहारा घरका संस्थापक तथा संचालक बल बहादुर विष्टले यस्तो आपतकालिन अवस्थामा सहयोगको अपेक्षाले अनुरोध गरेको र मिर्मिरेले गरेको यो सहयोग प्रति आभारी रहेको बताउनुभयो । यस अगाडी पनि मिर्मिरेले अभिभावक जस्तै गरेर समय समयमा निरन्तर सहयोग गरेकोमा संस्था र संस्थाका अध्यक्षज्यू लाई धन्यवाद दिनुभयो । सहारा घरले हाल ६० जना भन्दा बढि सडक मानव, अनाथ तथा मानसिक सन्तुलन गुमेकाहरुलाई आश्रय दिएर राखेको छ ।


हाल संस्थाले देशका विभिन्न स्कथानहरुमा राहत तथा अन्य सामाजिक सेवाका कार्यहरु तिव्र रुपमा संचालन गरिरहेको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले बताउनुभयो । संस्थाको तर्फबाट खाद्यान्न सामाग्रीहरु क्षेत्रीय प्रबन्धक बेद प्रसाद आचार्य र ब्लक स्टेशन प्रमुख सुरेश खड्काले सहारा घरमा नै पुर्याउनु भएको हो ।
संस्थाले महामारीको यो समयमा समस्यामा परेका सदस्यहरुलाई राहत, फ्रन्ट लाइनमा का मगर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री लगायतका सहयोग कार्यक्रमहरु संचालन गरिरहेको छ ।

2021-05-28

मृतक सदस्यको परिवारलाई मिर्मिरेको सहयोग

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बढनिहारले आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाका सदस्य पटेरवा सुगौली गाउपालीका वडा नं. ३, पर्सा वस्ने तेतरी थरुनीको श्रीमान मनोहर दास थारुको उपचारको क्रममा निधन भएको थियो । त्यसै गरि संस्थाका अर्का सदस्य पर्सागढी नगरपालिका वडा नं. ७, की तारा देवी गोढीको स्वास प्रस्वासमा समस्या भई उपचारको क्रममा निधन भएको थियो । दुवै घटना प्रति वित्तीय संस्थाको तर्फबाट दुख व्यक्त गर्दै परिवारलाई संस्थाको तर्फबाट जनही रु. ५ हजारको दरले आर्थिक सहयोग गरिएको छ ।

 

संस्थाको बढनिहार शाखाका शाखा प्रमुख निराजन चौधरी र कर्मचारी दिलिप कुमार चौधरी लगायतको उपस्थितिमा बागेश्वरी गाउका पूर्व मुखिया तथा समाजसेवी रामदेयाल कुर्मीले तारादेवी गोढीको परिवारलाई र केन्द्र प्रमुख श्रीमती रुन्ची देवीद्धारा तेतरी थरुनीको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हेटाैंडा क्षेत्रीय कार्यालय प्रमुख रघुनाथ सुवेदीले जानकारी गराउनुभयो ।

2021-05-23

कोभिड बिरामी तथा कुरूवालाइ मिर्मिरेको निशुल्क भोजन, प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री

मिर्मिरे लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चरिकोटले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको छ ।


संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न संस्थाले स्थानीय लालिगुराँस यूवा क्लबसंग सहकार्यमा स्वास्थ्य मापदण्डको पालना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई निशुल्क खाना वितरण गरेको हो ।


निशुल्क खाना वितरण कार्यक्रममा लालिगुराँस युवा क्लबका अध्यक्ष प्रबिन श्रेष्ठ, दोलखा उद्योग वाणिज्य महासंघका सचिब बिमल श्रेष्ठ र चरिकोट प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज बिनोद डैगाल एवं मिर्मिरे लघुबित्त बित्तीय संस्था चरिकोट शाखाका शाखा प्रबन्धक इन्द्रजित बोहरा को सहभागिता रहेको थियो ।
त्यसै गरि आजै सुनसरी बराह क्षेत्र स्थित प्रकाशपुर प्रहरी चौकीमा संस्थाका क्षेत्रीय प्रमुख सुशिल बुढा, ब्लक स्टेशन प्रमुख महेश्वर पौडेल र प्रकाशपुर शाखाका शाखा प्रमुख अकल राउतले सहायक प्रहरी निरिक्षक धर्मेन्द्र कुमार सिंह लाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको छ ।

मिर्मिरेले यस अघि देशका विभिन्न क्षेत्रमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।

2021-05-23

मिर्मिरेको मोवाइल बैंकिङ विधिवत रुपमा शुरु

सदस्यहरुले तत्कालै घरबाटै सेवा लिन सकिने

राजेश श्रेष्ठ
बनेपा ९,जेठ ।


काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबार विधिवत रुपमा मोवाइल बैंकिङ सेवा सुचारु गरेको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले आफ्नो मोवाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरि रजिष्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएको हो ।


कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा आफु्ना ग्राहक सदस्यहरुलाई आर्थिक कारोवार गर्न सहज होस भन्ने उद्देश्यले सेवा सुचारु गरिएको संस्थाका अध्यक्ष बोहराले बताउनु भयो ।


आजै बाट सदस्यहरुले मोवाइल बैंकिङ मार्फत सदस्यहरुले आफ्नो स्टेटमेन्ट हेर्ने, मोवाइलमा व्यालेन्स टपअप गर्ने, टेलिभिजन तथा इन्टरनेट, टेलिफोनको बील भुक्तानी गर्ने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम ट्रान्सफर गर्ने, क्यु आर कोड बाट भुक्तानी गर्ने, ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा रकम राख्न तथा झिक्न र विजुलीको वील भुक्तानी गर्न, घरेलु हवाइ टिकट बुकिङ गर्ने लगायत दुई दर्जन भन्दा बढि सेवाहरु घरमा बसेर नै लिन सकिने संस्थाका सहायक कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी दिनुभयो ।


इन्फो डेभलपर्स संगको सहकार्यमा तयार पारिएको मोवाइल बैंकिङ सेवा सरल तथा ग्रामिण क्षेत्रका न्युन साक्षर भएका सदस्यहरुले पनि सहजै चलाउन सकिने तरिकाले बनाइएको संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले बताउनुभयो ।
आगामी दिनमा स्पट बैंकिङ तथा अन्य लघुवित्त मैत्री तरिकाले सेवा अद्यावधिक गर्नै लैजाने र वर्तमान अवस्थामा मिर्मिरेले सेवा सुचारु गरेर ठूलो फड्को मारेको इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताउनु भयो ।


सदस्यहरुले एन्ड्रोइड फोनमा गुगलको प्ले स्टोर तथा आइ फोनमा एप स्टोर बाट मिर्मिरे स्मार्ट एप टाइप गरि उक्त एप्लीकेशन डाउनलोड गर्न सक्नेछ ।

 

2021-05-20

मिर्मिरेको इटहरी क्षेत्रमा सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री सहयोग

पछिल्लो समयमा लघुवित्त क्षेत्रमा काम गर्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कोरोनाको महामारीमा फ्रन्टलाइनमा काम गर्ने प्रहरी तथा ट्राफिकहरुलाई कोभिड विरुद्ध स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहेको छ । देश व्यापीरुपमा संजाल विस्तार सहित सेवा प्रवाह गरिरहेको मिर्मिरेको इटहरी क्षेत्रीय कार्यालय सुनसरीले इटहरी इलाका प्रहरी कार्यालय सुनसरी लाइ स्वस्थ्य सामग्री face viser, Mask Senitizater, gloves ईलाका प्रहरी कार्यालय प्रमुख DSP अर्जुन केसीलाई आज वितरण गरेको छ । सो सामान क्षेत्रीय कार्यालय प्रमुख सुशिल बुढाले वितरण गरेको हो ।

त्यसै गरि क्षेत्रीय कार्यालय इटहरीका प्रमुख बुढाले आजै मोरङ स्थित रंगेली इलाका प्रहरी चौकी पुगेर असई कृष्ण प्रसाद पोखरेललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

अहिले देशका विभिन्न क्षेत्रहरुमा संस्थाले राहत वितरणको कार्यलाई तिव्र बनाएको छ । प्रहरीहरु संगै स्वास्थ्यसेवा प्रदायकहरुतथा सदस्यहरुलाई प्रत्यक्ष राहत वितरण गरिंदै लाने संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी गराउनु भयो ।

2021-05-19

कोभिडमा मिर्मिरेको सामाजिक सहयोग जारी

मिर्मिरे लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय हात्तिसुँडेले प्रहरीहरूको लागि स्वास्थ्य सुरक्षा सामाग्रीहरू सहयोग गरेको छ 

प्रहरी चौकी हात्तिसुँडेका प्रहरी ईन्चार्ज ASI राजन कुमार बिश्वकर्मालाई उक्त स्वास्थ सामाग्रीहरू सेनिटाईजर, मास्क लगायत हस्तान्तरण गरिएको हो । महामारीको यस समयमा कोभिड बिरूद्धको लडाँइमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक्यवद्धता संगै सहयोगका कार्यक्रमहरू तिव्र रूपमा अगाडी बढाइरहेको छ ।

त्यसैगरि संस्थाको शाखा कार्यालय शिशैं द्धारा ईलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी नायव निरीक्षक राम वहादुर चापागाईलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । शिशै शाखाका प्रमुख नवराज उपाध्यायले उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुेभएको छ ।

हाल संस्थाको अधिराज्यभरिका १ सय ५० भन्दा बढि शाखा संजाल रहेको मिर्मिरेले ठाउँठाउँमा सहयोग कार्यक्रमहरूलाइ तिव्रता दिइरहेको छ ।

2021-05-18

प्रहरीलाई मिर्मिरेको पिपिई तथा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

राजेश श्रेष्ठ
४ जेठ, काभ्रे

कोभिडको समयमा फ्रन्टलाइन सेवाप्रदायक मध्ये प्रहरीहरु पनि बढि जोखिममा पर्ने समुदाय भित्र पर्दछन् । झन नाकामा खटिएका प्रहरीहरुले आवतजावत गर्ने मानिसहरु तथा यातायातका सवारीहरु चेक जाँच गर्नुपर्ने अवस्थामा त अझ बढि सुरक्षा र सतर्कता अपनाउनु पर्ने हुन्छ । भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयले आज पिपिइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग प्रदान गरेको छ ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले आज मंगलबार बिहानै साँगा भञ्ज्याङमा पुगेर प्रहरी सहायक निरिक्षक शिब श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । प्रहरी सहायक निरिक्षक श्रेष्ठले ड्युटिमा खटिएका प्रहरीहरुलाई पिपिइ सेटको अत्यावश्यक भएकोमा मिर्मिरेले गरेको सहयोगको लागि धन्यवाद दिए । यसले महामारीको अवस्थामा आफूहरुले अझ सहज तरिकाले कार्य गर्न सहयोग भएको र जनसमुदाय बिचमा आत्मियता बढेको बताए ।
त्यसैगरि आजै क्षेत्रीय कार्यालय बौनियाले इलाका प्रहरी कार्यालय सुखड, कैलालीमा पनि स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । संस्थाका क्षेत्रीय प्रमुख बेद प्रसाद आचार्यले इलाका प्रमुख डिएसपि सागर बोहरालाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।


आजै गोरखाको छेपेटार शाखा कार्यालयबाट बाह्र किलो प्रहरी कार्यालयका सई पर्शुराम जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शाखा कार्यालय प्रमुख सम्झना श्रेष्ठले जानकारी गराए ।


मंगलबार नै संस्थाको शाखा कार्यालय खोपवा, बाराले ईलाका प्रहरी कार्यालय बारागढी लाई ब्लक स्टेशन प्रमुख रामकिशोर चौधरीले स्वास्थ्य सामाग्री मास्क, सेनिटाईजर, ग्लोब्स लगायत सामाग्री वितरण गरेको छ । कोभिड १९ को बिषम परिस्थिमा सर्वसाधारणको सुरक्षमा अहोरात्र खटिने प्रहरीहरुलाई सो स्वास्थ्य समाग्रीले सहयोग पुग्ने प्रहरी निरिक्षक उमाशंकर प्रसाद गुप्ताले बताउनु भयो ।


अधिराज्य भरि ५८ वटा जिल्लमा १५० वटा शाखा संजाल विस्तार गरेर सेवा प्रदान गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कोभिडको यस समयमा वित्तीय कारोवार भन्दा सामाजिक सचेतनाका कार्यहरु गर्दै आएको छ । सदस्यहरुलाई फोनबाट कोभिड बारे जानाकारी र सचेतनाहरु दिने, विभिन्न स्थानमा सामाजिक संस्थाहरुसंग सहकार्य गरेर राहत एवं सहयोग वितरणको कार्य भइरहेको निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी गराउनुभयो ।

2021-05-18

डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे

दुई दर्जन बढिको सेवा सदस्यले घरबाटै पाउने

राजेश श्रेष्ठ,

४ जेठ

कोरोनाको दोश्रो लहर व्यापक बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आफ्नो सेवा सुचारु गर्नलाई गाह्रो भइरहेको अवस्था छ । झन सदस्यहरुको माझमा नै पुगेर सदस्यहरुसंग प्रत्यक्षिकरण गर्दै सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई अझ बढि गाह्रो परिरहेको छ भने निषेधाज्ञा भइरहेको सन्दर्भमा सदस्यहरुलाई पनि आफ्नो कारोवार गर्न नपाउँदा समस्या भइरहेको छ । यसै सन्दर्भमा काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ ।


कोभिडको यो समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोवारहरु गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ शुरु गर्न लागिएको र सो कार्यको लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी गराए । उनले नेपाल सरकार तथा नीयामक नीकाय नेपाल राष्ट्र बैंकले ध्यचप ाचयm ज्यmभ र ऋबकज ीभकक कारोवारको लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको बताए । सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशी बिच डिजिटल बैंकिङ सेवाको लागि सम्झोता पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।
डिजिटल बैंकिङ अन्तर्गत सदस्यहरुले कारोवारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमा नै बसेर आफ्नो खाताको जानकारी लिने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोवाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका वीलहरु घरमा नै बसेर भुक्तानी गर्न पाउने लगायत दुई दर्जन बढि सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।
विश्व आफै प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अंगाल्दै आगामी दिनमा घरमा नै बसेर सदस्यहरुले कर्जाको लागि आवेदन दिन सकिने टोल टोलमा नै स्पट बैंकिङ अन्तर्गत बचत राख्न र निकाल्न पाउने, लगायतका सेवाहरु विस्तार गर्दै लान सकिने संस्थाका अध्यक्ष बोहराले जानकारी गराए ।
संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नु पर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउनको लागि सबै सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।

2021-03-19

परिवारलाई मिर्मिरे को साढे चारलाख सहयोग

परिवारलाई मिर्मिरे को साढे चारलाख सहयोग

बनेपा । सडक दुर्घटना मृत्यु भएका आफ्ना कर्मचारी सन्तोष कुमार बोहराको परिवारलाई मिर्मिरे र नागबेली लघुवित्तले ४ लाख ४१ हजार ७९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम दुवै संस्थामा कर्मचारी र संस्थाका तर्फबाट जम्मा गरिएको हो ।
 
बोहरा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनिया, कैलालीमा कार्यरत थिए । उनी अत्यन्तै मेहनती, इमान्दार र कर्मयोगी कर्मचारीमा गनिन्थे । उनको गत साउन १२ गते सडक दुर्घटनामा परी दुखद् निधन भएको थियो ।
 
सो सहयोग रकमवापतको चेक स्व. बोहराका पिता पदमबहादुर बोहरालाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाले स्व. बोहराको निधनमा शोक व्यक्त गर्न देशभरीकै आफ्नो कार्यालयमा एक मिनेटको मौन धारण गरेको थियो । स्व. बोहराका पिता पदमबहादुर बोहराले परिवारको कमाई गरी ख्वाउने एक्लो साहरा गुमाएको महसुस गर्दै यस विपतको घडीमा समवेदना व्यक्त गर्ने तथा आर्थिक सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका छन् ।
2021-03-19

Final approval from NRB about merge & accquistion

Final approval from NRB about merge & accquistion

बनेपा, काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बिर्तामोड, झापामा केन्द्रीय कार्यालय रहेको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती – एक्विजिशन गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यसअघि स्वेडा लघुवित्तलाई प्राप्ती गरी एकिकृत कारोवार सञ्चालन गरीसकेको मिर्मिरेले नागवेलीलाई प्राप्ती गरेपश्चात समायोजित चुक्ता पूँजी रु.३९,९८,७२,६४१.५० हुनेछ भने शाखा संख्या जम्मा १०८ हुनेछन् । नेपालको पूर्वक्षेत्रका जिल्लाहरुमा नागबेलीको कारोवार सञ्चालन छ भने मध्य, पश्चिम र सुदूर पश्चिम क्षेत्रमा मिर्मिरेको शाखा सञ्जाल छ । शाखा कार्यालय नभएका जिल्लाहरुमा शाखा स्थापना गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ सोही बमोजिम शाखा विस्तार गर्ने कार्य भईरहेको छ । संस्थाले मर्जरलाई प्रभावकारी वनाउन थप मर्जर तथा एक्विजिशन कार्यलाई प्राथमिकतामा राखी अन्य उपयुक्त लघुवित्त संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका लागि प्रयास समेत गरी रहेको साथै आवश्यक प्रक्रिया पुरा गरि एक महिना भित्रएकिकृत कारोबार समेत सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

2021-03-19

मिर्मिरे बन्यो राष्ट्रिय स्तरको लघुवित्त

मिर्मिरे बन्यो राष्ट्रिय स्तरको लघुवित्त

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited  ले नेपालभर कारोबार गर्ने “राष्ट्रियस्तर”को लघुवित्तको मान्यता पाएको छ । संस्थाले देशभर कार्यक्षेत्र कायम हुनेगरी नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको स्वीकृति पाएको हो । 
 
मिर्मिरेले स्वेडा लघुवित्तलाई प्राप्ति गरि एकिकृत कारोबार २०७७ अषाढ २१ गते देखि सञ्चालन गरेको हो । त्यस्तै नागबेलि लघुवित्तलाई समेत प्राप्तीगर्ने कार्यको लागि अन्तिम स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश भै सकेको संस्थाले जानकारी दिएको छ । 
 
नेपालका सात वटै प्रदेशमा शाखा सञ्जाल रहेको संस्थाले राष्ट्रियस्तरको कार्यक्षेत्रको अनुमती पश्चात शाखाकार्यालय नरहेका जिल्लाहरुमा समेत शाखा विस्तार गरी अझ प्रभावकारी तवरले  सञ्चालन गर्ने जानकारी दिएको छ । यस्तै विस्तार तथा कार्यक्रम नभएका जिल्लालाई समेटने गरी मर्जर तथा प्रप्तीलाई जोड दिदै अन्य लघुवित्तको समेत खोजि गरिरहेको जनाइएको छ । 
2021-03-19

मिर्मिरेले एफपीओ ल्याउने

मिर्मिरेले एफपीओ ल्याउने

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि थप सेयर(एफपीओ) निश्कासन गर्ने भएको छ ।
 
यसका लागि उसले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल)लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
यो लघुवित्तले निकट भविष्यमै ३७ हजार २६० कित्ता एफपीओ निश्कासन गर्ने योजना बनाएको हो । त्यसैका लागि सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्ति लगायतका प्रक्रिया अगाडि बढाएको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा मंगलबार आयोजित एक समारोहका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
2021-03-19

मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ती गर्ने

मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ती गर्ने

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रयोजनका लागि असार २० गते तिनकुने, काठमाडौंमा आयोजित विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाले १ः०.९५ शेयर स्वाप अनुपात हुने गरी उक्त संस्थालाई प्राप्ती गर्ने सर्वसम्मतीले निर्णय गरेको छ । मिर्मिरेको चुक्ता पूँजी रु. १९,९१,६०,२८० र नागबेलीको समायोजित चुक्ता पूँजी रु. २०,०७,१२,३६१.५० गरी चुक्ता पूँजी जम्मा रु.३९,९८,७२,६४१.५० हुनेछ । समायोजन पश्चात हुने चुक्ता पूँजी रु. ३९,९८,७२,६४१.५० को २ ः १ अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । नागबेली लघुवित्तका १० जिल्लामा हाल ३७ शाखाहरु छन् भने मिर्मिरेका स्वेडा लघुवित्तलाई एक्वायर गरेपछि ६४ शाखा भएकोले नागबेली सँगको एकिकृत कारोबार पश्चातनागबेली र मिर्मिरेको कार्य क्षेत्र अलग भएकाले शाखा संख्या जम्मा १०१ हुनेछन् ।
उक्त सभामा आफ्नो मन्तब्य राख्दै संस्थाका अध्यक्ष टेक बहादुर बोहराले लघुवित्तको बाक्लो उपस्थितिमा समेत छरिएर रहेको पूँजीलाई बचत संकलन मार्फत एकत्रित गर्ने, ग्रामीण समाजमा व्याप्त गरिबीलाई लघुकर्जाको माध्यमबाट स्वरोजगारिताको विकास गरी परनिर्भरता कम गर्न विविध क्रियाकलाप अगाडि बढाईरहेको यस संस्थाको नागबेलीलाई प्राप्ती पश्चात मेची देखि महाकाली सम्म कार्य सञ्जाल पुग्ने, शाखा गाभ्नु नपर्ने, कर्मचारी समायोजनमा समेत सजिलो हुनगई वित्तीय संस्थाको व्यवसायिक विस्तारमा सहज हुने बताउनुभयो ।
सभाको सञ्चालन बिर्ख बहादुर बोहराले गनर्सभएको थियो भने स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले राख्नुभएको थियो । प्राप्ती सम्बन्धमा भएका विविध प्रकृया र विषयवस्तुको बारेमा संचालक सन्तोष फुयालले प्रस्तुतीकरण गर्नुभएको थियो भने सभाले उठाएका प्रश्नमा संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले जवाफ दिनु भएको थियो ।
सभामा डमरु वल्लभ घिमिरे, शिव प्रसाद पौडेल, नारायण बस्नेत, ईन्द्रकृष्ण श्रेष्ठ, कञ्चनकृष्ण न्यौपाने, मन बहादुर राई, प्रकाश कोईराला र राम ब. भण्डारीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

2021-03-19

मिर्मिरे लघुवित्तद्धारा लकडाउनमा खाद्यान्न वितरण

मिर्मिरे लघुवित्तद्धारा लकडाउनमा खाद्यान्न वितरण

मिर्मिरे लघुवित्तल लकडाउनमा कोरोनाबाट प्रभावित समुदाय तथा क्वारेनटीन व्यवस्थापनको लागि सहयोग गरेको छ । लघुवित्तका मार्फत विभिन्न सामाजिक र आर्थिक क्रियाकलापको माध्यमबाट ग्रामीण भेगका विपन्न वर्गको आर्थिक उत्थानमा सधै अगाडी वढदै गरेको मिर्मिरे लघुवित्तले हाल देखीएको कोरोनाको महामारीमा कोही पनि भौकै नपरुन भन्ने अभिप्रायले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेको छ ।
त्यसै अनुरुप शाखा कार्यालय रुकुमकोट(रुकुमपूर्व)अन्तर्गत सिस्ने गाउँपालिकाको कोरोनाभाइरस (COVID-19) बाट प्रभावित समुदाय तथा क्वारेनटीन व्यवस्थापनमा सहयोगार्थ २०,००० बराबरको १३ बोरा चामल र १ बोरा दाल सिस्ने गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधन रेग्मीलाई मिर्मिरे लघुवित्त शाखा कार्यालय रुकुमकोटका शाखा प्रबन्धक नारद भण्डारीले हस्तान्तरण गर्नुभएको छ ।

2021-03-19

मिर्मिरे लघुवित्तद्धारा प्रहरीलाई सेनिटाईजर, पन्जा र मास्क सहयोग

मिर्मिरे लघुवित्तद्धारा प्रहरीलाई सेनिटाईजर, पन्जा र मास्क सहयोग

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पिपरी बाँकेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ नं. प्रदेश सशस्त्र प्रहरी गण कोहलपुर बाँकेलाई कोरोना संक्रमणको घडीमा सेनिटाईजर, पन्जा र मास्क सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अग्रपंक्तिमा कार्यगर्दै आइरहेको शसस्त्र प्रहरीलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
कोभिड—१९ को महामारीबाट उत्पन्न जोखिमलाई न्यूनीकरण एवं नियन्त्रण गर्नका लागि स्थानीयस्तरमा महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता कार्यहरू संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गर्दै आएको छ ।

2021-03-19

मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न

मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रम विश्व स्वास्थ्य सङ्गठले जारी गरेको तथा नेपाल सरकारले तय गरेको कोरोना (कोभिड १९) बाट बच्ने तथा अपनाउनु पर्ने मापदण्डको पूर्ण पालना गर्दै विशेष साबधानी अपनाएर कार्यक्रमको आयोजना भएको हो ।
उक्त विशेष साधारण सभामा सञ्चालक समितिका अध्यक्ष टेक बहादुर बोहराको प्रमुख सभाअध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा भिडियो कन्फ्रेन्सका माध्यमले धेरै शेयरधनी समेत प्रत्यक्ष जोडी विशेष साधरण सभाका एजेन्डाहरुमा छलफल तथा निर्णयार्थ प्रस्तुत हुदा स्वेडा लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव सहित अन्य प्रस्ताव सर्वसहमतिले पारित गरिएको थियो ।
चैत्र १७ गते नै आयोजना गरीने भनि सूचना समेत प्रकाशित भएकोमा देशमा विश्वव्यापि माहामारी कोरोनाभाइरस (कोभिड १९)को कारण लकडाउन भएकोले पछि सरेको थियो । संस्थाले पछिल्लो समय सूचना जारी गर्दै सबै साधारण शेयर धनि तथा संस्थापक शेयर धनी सँगको सहमतीमा कार्यक्रमको आयोजना गरेको हो ।

2021-03-19

अफ्ट्यारोमा परेकालाई न्यानो सहयोग

अफ्ट्यारोमा परेकालाई न्यानो सहयोग

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र शाकाहारी पाटीको संयुक्त पहलमा काठमाडौँ उपत्यकाभित्रका सडक मानव र दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने मानिसहरुलाई एकदिनको खाना तथा सडकमा छाडा छोडिएका पशुहरुलाई खानेकुरा खुवाइएको छ ।
कोरोना भाइरस ( कोभिड—१९ ) को माहामारीबाट बच्न नेपाल सरकारले पुरै देश नै बन्दाबन्दी गरेको अवस्थामा देशका कल—कारखाना तथा दैनिक काम गर्ने स्थान बन्द भएका कारण दैनिक कमाई गरि खाने मानिसहरु समस्यामा परेका छन् । सोही समस्यालाई मध्यनजर गर्दै संस्थाले बन्दाबन्दीसँगै दैनिकरुपमा समस्यामा परेका ज्यालादारी तथा मजदुरी गरिखाने मानिसहरुलाई नियमित भोजन तथा राहत उपलब्ध गराउँदै आएको शाकाहारी पाटीसँगको सहकार्यमा भोजन गराएको हो । साथै, सडकमा छाडा छोडिएका पश्हरुलाई खानेकुरा समेत खुवाइएको छ ।
मिर्मिरे लघुवित्तले नियमित कारोवारका अतिरिक्त सामाजिक जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न समयमा आईपर्ने विपतमा राहतकार्यक्रम समेत गर्दै आइरहेकोमा अहिलेको अवस्था नै घर भित्र बसेर काम गरीरहेका संघ संस्थाहरुलाई सहयोगी हात अघि बढाउने समय भएकाले सम्भव भए प्रदेश अनुसार नै कार्यक्रमको सहकार्य गर्ने साथै कोही पनि पैसा नभएको कारणले भोको पेट सुत्न नपरोस् भन्ने मनसायले अझै विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।


Back To Top